युक्रेनसँग वार्ताका लागि पुटिन तयार, बेलारुस पुग्यो प्रतिनिधिमण्डल, जेलेन्स्कीले राखे सर्त


प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार

रुस युक्रेनसँग कुराकानीका लागि तयार भएको बताएको छ । रुसी समाचार एजेन्सी रिया नोवोस्तीले रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।रिया नोवोस्तीले रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेसकोवलाई उद्धृत गर्दै कुराकानीका लागि रुसी प्रतिनिधिमण्डल पहिले नै बेलारुस पुगेको बताइएको छ ।

पेस्कोवले मस्कोमा पत्रकारसँगको कुराकानीमा डेलिगेशनमा रुसी विदेश मन्त्रालय, रक्षा मन्त्रालय र अन्य विभागका प्रतिनिधि समावेश छन् । प्रवक्ताले बताए अनुसार वार्ता बेलारुसको गोमेलमा हुनेछ । रुसको एक नीजि समाचार एजेन्सी इन्टरफेक्सले पनि प्रवक्ताको बयान पुष्टि गरेको छ ।सञ्चारमाध्यमका अनुसार रुसी प्रतिनिधिमण्डल युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि बेलारुसी सहर होमल पुगेको छ ।

तर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यदि युद्ध सुरु नभएको भए बेलारुसको राजधानी मिन्स्कमा कुराकानी सम्भव थियो तर अब छैन । स्मरण रहोस्, बेलारुस रुसको निकै भरोसायोग्य सहयोगी हो र उसले युक्रेनमाथि रुसको आक्रमणलाई पूरा साथ दिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले भनेका छन्, ‘ बेलारुसबाहेक म अन्य यस्तो देशमा कुराकानीका लागि तयार छु जुन युक्रेनप्रति आक्रामक नहोस् ।’

बिहिबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसी सेना लगातार अघि बढिरहेको छ र उनीहरु राजधानी किएभ नजिक पुगिसकेका छन् । युद्ध सुरु भएपछि रुस सरकारका प्रवक्ताले कुराकानीका लागि केही भनेको यो पहिलो पटक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज युद्धको चौथो दिन रुसी सेनाले युक्रेनको तेल र ग्यास स्थललाई निशाना बनाएको छ । र रुसी सेना यतिबेला देशको दोस्रो ठूलो शहर खारकिएवमा प्रवेश गरिसकेका छन् । यसबाहेक युक्रेनको दक्षिणमा एउटा सानो शहरमा रुसले पूर्ण रुपमा कब्जा जमाइसकेको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com