“छाउ भएका बेला कहिल्यै शौचालय प्रयोग गर्न पाएको छैन,खोला र झारी खोज्दै जान्छु”


प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार

 

प्रेम रौले/ बाजुराको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्नहुथ्यो ।

घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जङ्गलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो थियो । छाउ भएका महिलाले शौचालय प्रयोग नमिल्ले मान्यता रही आएकाले गर्दा धामी झाक्रीले पनि यसै कुरालाई प्रश्चय दिँदै आएको उहाँको भनाइ थियो ।

उक्त वडाका अधिकांश महिलाले पनि छाउ भएका बेला गोठमै बस्ने र शौचालय प्रयोग गर्न नपाउने गरेको पाइएको छ । छाउ भएका बेला घरभित्र बस्दा देउता रिसाउने र गाईभैँसीले दूध दिन छोड्नेजस्ता कुसंस्कार रही आएकाले महिलालाई घरभित्र बस्न नदिने गरिएको नाम नबताउने एक महिलाको गुनासो थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार परम्परादेखि मान्दै आएको प्रचलनलाई तोड्न सकिएको छैन। उक्त वडालाई छाउ गोठमुक्त घोषणाका लागि अनुगमनका क्रममा सम्बद्ध महिलाले आफ्ना समस्या दर्साएका थिए । धार्मिक परम्पराअनुसार महिला छाउ भएपछि घरभन्दा पर बस्नुपर्ने पोषिलो खानेकुरा खान नहुनेजस्ता प्रचलन अझै व्याप्त छ । वर्षाको समयमा त छाउ भएको बेला झनै बस्न गारो हुन्थ्यो भने हिँउदको समयमासमेत छाउगोठमा बस्न निकै समस्या हुने गरेको गौरीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ भुईंमा सुत्नुपर्छ, चिसोले सारै सताउछ, असुरक्षित महसुस हुन्छ, कीराफट्ग्रा र सर्पको निकै डर लाग्छ, आफ्नो समुदायका सबै यही छाउगोठमा आउँछौँ र पराल विछ्याएर सुत्छौ ।”

गौरीले छाउ गोठमा बस्नुमात्र समस्या होइन शौचालयसमेत प्रयोग गर्न नपाउनु आर्को समस्या भएको बताउनुभयो गर्नुभयो । दिनमा शौच लागे दिसापिसाब च्यापेर रातिसम्म पर्खनुपछर्, कुसंस्कारलाई हटाउन त हामी चाहान्छौँ तर घरका पुराना मान्छेहरु मान्दैनन् परिवर्तन गर्न खोजे झन उल्टै रिसाउने र डर तथा धम्की दिने गरेको उहाँको गुनासो थियो ।

ऐडिबाडाकी एक महिलाले पहिलैदेखि देवता मान्दै आएका र छाउ भएको बेला नछुट्टिए देवता लाग्ने डरले हामीले छाउगोठमै बस्ने गरेको बताउनुभयो । उहाँले यो प्रथा हटाउन त मन भए पनि हामीले देवताका डरले अहिलेसम्म हटाउन सकेका छैनौँ भन्नुभयो ।

छाउगोठ शिक्षितकै घरमा पनि भेटिएका छन् । उक्त वडामा बढीजसो कर्मचारी र सुरक्षाकर्मीका घरमा छाउगोठ देखिएको थियो । नगरपालिकाको छाउपडी गोठमुक्त अभियानअन्तर्गत वडा नं ८ मा यही फागुन २४ गते छाउगोठमुक्त वडा घोषण गर्ने तयारी गरेको पनि घोषणा चुनौतीको विषय भएको बताइएको छ ।

दश छाउ गोठ भेटिए

नगरपालिकालाई नै २०७८ सालभित्र छाउपडी गोठमुक्त गर्ने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत आइतबार सरोकारवाला निकायले वडा नं ८ मा अनुगमनका क्रममा १० छाउगोठ भेटिएकाले अभियानले सार्थकता पाउन कठिन भएको हो । पालिकाको अभियानमा सरोकारवाला निकाय र प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए पनि महिलाको मनबाट भने छाउपडी प्रथा अझै हट्न सकेको छैन ।

सदरमुकामकै वडामा छाउगोठ बढी रहेको पाइएको छ । सो वडामा बढीजसो सामूहिक छाउगोठ भेटिएका र छाउ भएको बेला महिला आफ्नो घरमा छाउगोठ नभए जसको छाउगोठ छ, त्यसैको घरमा गएर बस्ने गरेको भेटिएको छ । सदरमुकाम मार्तडीकै वडामा छाउगोठ भेटिएपछि घोषणा प्रक्रिया अगाडि बढाउन कठिन भएको अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख कविता विष्टले बताउनुभयो ।

उहाँले नगरपालिकाले छाउ गोठमुक्त अभियानका लागि महिलासँग उपप्रमुख कार्यक्रम अघि सार्दै अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।
स्थानीयवासीलाई छाउगोठमा बस्दा हुने विभिन्न खालका घटनाबारे सचेत गराउनाका साथै जागरण अभियानमा लाग्न अग्रसर हुने गरी कार्यक्रम ल्याइएको उपप्रमुख विष्टले राससलाई बताउनुभयो ।
अनुगमन टोलीका सदस्य सोही वडाका अध्यक्ष प्रकाश रावलले कुनै पनि व्यक्तिको घरमा छाउगोठ भेटिए राज्यले दिने सेवा सुविधाबाट वञ्चित गरिने जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन समुदायस्तरका महिला नै जागरुक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

छाउ गोठमुक्त वडा घोषणा गर्ने लक्ष्य तत्काल पूरा नहुने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताउनुभयो । छाउगोठमुक्त बनाउन गाउँमै चरणबद्धरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले यसलाई चुनौतीका रुपमा पनि लिइएको उल्लेख गर्नुभयो ।-RSS-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com