स्वर साम्राज्ञी लता मंगेशकरको निधन


प्रकाशित मिति : माघ २३, २०७८ आईतबार

चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

कोभिडबाट संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। स्थितिमा सुधार नआएपछि उनलाई आईसीयूमा राखिएको थियो ।

भारतिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ८ः१२ बजे उनले अन्तिम सास लिईन । लता मंगेशकर एक महान स्वर साम्राज्ञी गायिका थिइन् जसले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्।

लता मंगेशकरलाई भारतको ‘सुर कोकिला’ भनिन्छ । उनको फिल्म संगीत करियर आधा शताब्दी भन्दा बढी लामो थियो जसमा उनले ३६ भारतीय भाषाहरूमा ३० हजार भन्दा बढी गीत गाएकी छिन् । उनले हिन्दी मात्र होइन, थुप्रै नेपाली गितहरुमा पनि आवाज दिएकी थिइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य भारतको इन्दौर सहरमा भएको थियो । उनका पिता पंडित दीनानाथ मंगेशकर पनि गायक थिए। उनी थिएटर कलाकार पनि थिए  र, मराठी भाषामा संगीत नाटकहरूको निर्माता पनि थिए।

सन् १९४९ मा उनले महल भन्ने सिनेमाका लागि पहिलो पटक गीत गाएकी थिइन्। त्यही गीतले उनलाई चर्चा चुलिएको थियो मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्।

लता मंगेशकर भारतको सबैभन्दा प्रसिद्ध र सबैको रोजाईमा रहेको गायिका थिइन्। बलिउडका हरेक ठूला अभिनेत्रीले लता मंगेशकरका गीतहरू मात्र गाउन चाहन्थे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com