खेलको माध्यमबाट नेपालको गौरव बढाएको भन्दै महिला भलिबल टोली नगद पुरस्कारसहित सम्मानित


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

सरकारले बङ्गबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्नुभएको हो । उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको हो । कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताउनुभयो ।

“यहाँहरूले भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो, त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीले भलिबललगायतका अन्य खेलकुद गतिविधिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि सो अवसरमा बधाई दिनुभयो । फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहनुभएका प्रशिक्षक अब्दुलाह अल्मुताइरीलाई पनि उहाँले धन्यवाद दिनुभयो । “आगामी दिनमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु”, उहाँले भन्नुभयो ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको उल्लेख गर्दै नेपाललाई विश्व समुदायको जनस्तरसँग जोड्न खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा सम्बोधन गर्न प्रधानमन्त्री देउवासमक्ष अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले खेलकुदको पूर्वाधारको विकास तथा खेलाडी सेवा सुविधा वृद्धि गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले खेलका दौरान घाइते हुनुभएकी भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।

सरकारले विश्व ब्याडमिन्टनको वरियातामा शीर्ष स्थानमा रहन सफल प्रिन्स दाहाल र साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरेको छ । सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको छ । त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी अनुपस्थित रहेका कारण उहाँलाई आज सम्मान गरेको हो ।

सरकारले एशियन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही  पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई  दुई लाख प्रदान गरेको छ ।

सम्मानित हुने खेलाडीमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु हुनुहन्छ । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी हुनुहन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com