टेक्सासको नेपाली मन्दिरले विवाहका लागि जोडी मिलाइदिने, यसरी दिनुहोस् अनलाइन आवेदन


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

टेक्सास ड्यालसको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) ले बरबधु मिलन कार्यक्रम थालनी गरेको छ । नेपाली मन्दिरका नामले परिचित एनसिएससीले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यबहारिक पक्षको अनुसन्धान पछि यो कार्यक्रम सुरु गरेको जनाएको छ ।

‘आफ्नै नेपाली संस्कार र संस्कृति भित्रै बर तथा बधु चाहनेहरुका लागि सजिलो र विश्वासयोग्य प्लाटफर्म हुनुपर्छ भन्ने उद्वेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ मन्दिरका संस्थापक अध्यक्ष तथा बरबधु मिलन कार्यक्रमका संयोजक डा. मुरली अधिकारीले प्रष्टाए । अमेरिकामा सामाजीक सञ्जालका माध्यमबाट वा भारतीयले जोडी मिलाउने वेवसाइटहरु छन् । तर नेपाली समुदाय र अझै विशेषगरि अमेरिकामा नेपालीले स्थापना गरेको मन्दिरबाट यस्तो वैवाहिक कार्यक्रम पहिलोपटक सुरु भएको हो ।

‘यो कार्यक्रमबाट बरले उपयुक्त बधु र बधुले आपूmले खोजेको जस्तो वर पाउन सक्ने अवस्था सिर्जना हुनेछ’ कार्यक्रमकी वेवसाइट निर्देशक डा. विष्णुमायाँ उपाध्यायले भनिन् । अमेरिकामा सम्पर्क तथा पहुँचको अभावले अध्ययन सकेर, राम्रो काम गरेर विवाहयोग्य उमेर पुगेका थुप्रै नेपालीहरु छन् । तिनलाई एउटै वेवसाइट मार्फत सम्पर्कमा जोड्ने पुलको काम मन्दिरले गर्न लागेको हो ।

यो कार्यक्रममा सहभागी हुनका लागि १८ वर्ष उमेर पुगेकाहरुले वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्छ । अभिभावकले समेत आफ्ना विवाहयोग्य छोराछोरीका लागि फर्म भर्न सक्नेछन् । ‘वेवसाइटमा भरिएका सबै विवरणहरु गोप्य हुनेछन् । उहाँहरुको विवरणहरु मध्यबाट जात, उमेर, उचाई, शैक्षिक योग्यता लगायतका विवरणमात्र वेवसाइटमा सार्वजनिक हुनेछन्’ बरबधु कार्यक्रमको लागि सहजीकरण गर्नुहुने मन्दिरका पूजारी मेघराज निरौलाले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदन दिन चाहनेले यहाँ क्लीक गर्नुहोला ।

आवेदन शुल्क ९९ डलर शुल्क राखिएको छ । निशुल्क गर्दा जथाभावी दर्ता हुने संभावना देखिएपछि शुल्क राखिएको जनाइएको छ । केही समयका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

बरबधुको लागि भनेर भरिएका व्यक्तिगत डाटाको सुरक्षा लगायतका कानुनी प्रकृयाका बारेमा मन्दिरले निकै लामो अध्ययन गरेको दावी गरेको छ । यही क्षेत्रमा लागेका अमेरिकी कानुनका ज्ञाताहरु समेतको परामर्शमा वेवसाइटको डिजाइन गरिएको र यो कार्यका लागि मन्दिरले झण्डै एक वर्ष समय खर्चिएको संयोजक डा. अधिकारीले उल्लेख गरे ।

‘पछिल्लो समयमा हाम्रो समुदायका लागि कुन कुरा बढी आवश्यक छ भनेर हेर्दा विवाहयोग्य उमेर पुगेका थुप्रै व्यक्तिहरु देखिएको र जोडा मिलाउन सक्ने निकाय नभएपछि यो कार्यक्रम सुरु भएको हो’ डा. अधिकारीले थपे ।

बरबधु कार्यक्रममा सहभागी हुनका लागि अमेरिकामै नभएपनि हुन्छ । नेपालमा रहेका र विवाहयोग्य उमेर पुगेकाले आफूले चाहे अनुसारको बरबधु उल्लेख गरेर पनि फर्म भर्न सक्नेछन् । फर्म भर्दा कुन देशमा रहेकासँग विवाह गर्न चाहेको समेत उल्लेख गर्न सकिन्छ ।

अमेरिकामा रहेकाले नेपाल वा अन्य देशमा र नेपालमा रहेकाले पनि अमेरिका लगायत अन्य देशमा रहेका नेपालीसँग विवाह गर्नका लागि आफ्नो विवरण भरेर वेवसाइटमा राख्न सक्छन् । वेवसाइटमा रहने हरेक व्यक्तिका लागि छुट्टाछुट्टै आइडी नम्बर हुन्छ । त्यही आइडी नम्बरका उल्लेख गरेर मन्दिरका पुजारी तथा सहजकर्ता मेघराज निरौलासँग सम्पर्क गर्नसकिन्छ ।

सहजकर्ताले दुबै पक्षको फोन नम्बर आदान प्रदान गरेर भेट गराउने व्यबस्था गर्नेछन् । दुबै पक्षबीच भेटघाट पछि चित्त बुझेमा विवाह गर्ने या नगर्ने सबै निर्णय संबन्धित व्यक्तिकै हुनेछ । ‘भेट गराइदिनेसम्मको दायित्व मन्दिरको हो, त्यसपछि उहाँहरुबीचनै सहमतिमा बिहेको कुरा अघि बढाउने या रोकिने निधो हुन्छ’ डा. अधिकारीले भने ।

अविवाहित मात्र नभएर कानुनी रुपमा डिभोर्स भैसकेका, पति या पत्नीको निधन भएका व्यक्तिले पनि फर्म भरेर बुझाउन सक्नेछन् । सामाजीक सेवाका रुपमा मन्दिरले थालनी गरेको यो कार्यक्रमबाट नेपाल बाहिर प्रवासमा रहेका धेरै व्यक्तिहरु लाभान्वित हुनसक्नेछन् ।

अमेरिकामा रहेका र नेपालमै विहे गर्न चाहने, नेपालमा रहेका र अमेरिकामा रहेका नेपालीसँग विहे गर्न चाहनेलाई यो कार्यक्रमबाट निकै सहजता हुने प्रतिकृया समुदायका अगुवाहरुले व्यक्त गरेका छन् ।

यो कार्यक्रमप्रति अमेरिकाका बिभिन्न राज्य तथा सिटीहरुमा रहेका नेपाली सामुदायिक संस्थाहरुले चासो देखाएका छन् । अमेरिकामा दोस्रो पुस्ताका नेपालीहरुको संख्या बढ्दै गएको, उनीहरु विवाहयोग्य उमेरका भैसकेका र विद्यार्थीहरुले समेत यतै विहे गरेर बस्नेतर्फ चाहना देखिएपछि यस प्रकारको कार्यक्रमको आवश्यकता रहेको देखेपछि मन्दिरले अघि सारेको हो ।

बरबधुको खोजीमा वेवसाइटमा प्रकाशित विवरण यस्तो रूपमा प्रकाशित हुनेछ । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com