असाधारण क्षमताका गैरआप्रवासीलाई दिइने ‘ओ’ भिसाका योग्यताबारे नीति निर्देशिका अपडेट


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

युएससीआईएसले आज  नीति निर्देशिका अपडेट गर्दै विज्ञान, प्रविधि, ईन्जिनियरिङ वा गणित क्षेत्रका व्यक्तिका लागि दायर गरिएको आवेदनमा ध्यान दिनुका साथसाथै असाधारण क्षमता भएका व्यक्तिका लागि प्रदान गरिने ओ वान ए भिसाका लागि योग्यता निर्धारण गर्न कसरी प्रमाणहरुको मूल्यांकन गर्छ भन्ने स्पष्ट पारेको छ । साथै ओ वान भिसा प्राप्त गर्ने व्यक्तिको सम्भावित काम उनीहरूको असाधारण क्षमता वा उपलब्धिको क्षेत्रमा हुने नहुने कुरा युएससीआईएसले कसरी निर्धारण गर्छ भन्ने समेत स्पष्ट पारेको छ ।

विज्ञान, शिक्षा, व्यवसाय, वा एथलेटिक्समा असाधारण क्षमता भएका व्यक्तिहरू ओ वान ए भिसाका लागि योग्य हुन सक्छन्। नयाँ अपडेटमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ वा गणित क्षेत्रको उच्च प्राविधिक प्रकृति र पेश गरिएका प्रमाणहरुको जटिलतामा ध्यान दिदै ओ वान ए भिसाका लागि मापदण्डहरु पूरा गर्नसक्ने प्रमाणका उदाहरणहरु उल्लेख गरिएको छ । त्यस्ता प्रमाणहरुको मूल्यांकन गर्नका लागि सान्दर्भिक हुने विषयमा समेत अपडेटमा छलफल गरिएको छ ।

यदि आवेदकले आफ्नो पेशामा कुनै विशेष मापदण्ड सजिलै लागू हुँदैन भन्ने देखाएको खण्डमा उसले दीर्घकालिन मान्यता स्थापित गर्न त्यो मापदण्डसँग तुलनात्मक महत्त्वको प्रमाण पेश गर्न सक्ने समेत अपडेटमा उल्लेख गरिएको छ । अपडेटमा सम्भावित तुलनात्मक प्रमाणहरुको उदाहरण समेत प्रस्तुत गरिएको छ, जुन विज्ञान, प्रविधि, ईन्जिनियरिङ वा गणितका क्षेत्रमा काम गरिरहेकाहरुका लागि फाइल गरिएको आवेदनमा प्रमाणका रुपमा पेश गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साधारण क्षमता भएको व्यक्ति आफ्नो असाधारण क्षमताको क्षेत्रमा काम गर्न आउँदैछ कि छैन भनेर मूल्याङ्कन गर्दा
अधिकारीहरू सम्भावित काममा व्यक्तिले प्रशंसा प्राप्त गरेको पेशासँग साझेदारी गरिएको सीप, ज्ञान वा विशेषज्ञता समावेश छ कि छैन भन्ने कुरामा केन्द्रित हुने अपडेटमा उल्लेख छ ।

यो निर्देशिका तत्कालदेखि लागु हुने जनाएको छ । साथै विगतका यो सम्बन्धित पूर्व निर्देशनलाई नियन्त्रण गर्ने र हटाउने युएससीआईएसले स्पष्ट पारेको छ । बाइडेनको कार्यकारी आदेश १४०१२ सँग मेल खानेगरी अमेरिकाको कानुनी अध्यागमन प्रणालीमा विश्वास पुनर्स्थापित गर्दै र नयाँ अमेरिकीहरूको लागि एकीकरण र समावेशी प्रयासहरूलाई सुदृढ गर्न नीति अपडेट गरिएको युएससीआईसले जनाएको छ ।

नीति निर्देशिका विस्तारमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com