रामप्रसाद खनालले ल्याए श्रीमान् र श्रीमतीबीचको गीत, घर र माइतीमा एउटै व्यवहार गर्न सन्देश


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

अमेरिका निवासी चर्चित नेपाली गायक रामप्रसाद खनालले दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक गरेका छन् । १४ बर्षदेखि अमेरिका बस्दै आएका उनको यो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत हो ।

गीतमा घर र माइतीमा एउटै व्यवहार गर्न तथा श्रीमान र आफ्ना आफन्त तथा नातेदारलाई समान व्यवहार गर्न श्रीमतीलाई आग्रह गरिएको छ । गीतमा खनालले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती हरू बीचका तेरो र मेरो भन्ने भावनालाई प्रतिबिम्बित गरिएको छ । गीतका शब्द शब्दमा खनालले श्रीमान् बनेर श्रीमती लाई सम्झाउँदै मात्रै छैनन् हरेक श्रीमान् र श्रीमतीका बीच पारिवारिक कलह नहुने गरी सम्झाउँदै बुझाउँदै सन्देश दिन खोजेका छन् ।

गीतमा खनालको आफ्नै शब्द र स्वर रहेको छ । यो गीतले हरेक दम्पती जोडीलाई सन्देश दिन सफल हुने खनालको विश्वास छ । गीतमा सुरेश अधिकारीको सङ्गीत रहेको छ भने भिडियोमा निर्मल शर्माको निर्देशन, राजु केसीको छायाङ्कन, गौतम राज खड्काको सम्पादन रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा गायक खनाल आफैले मुख्य भूमिकामा अभिनय गरेका छन् भने खनाललाई कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । गीतमा निर्मल शर्मा र अन्य कलाकारहरूको पारिवारिक भूमिका रहेको छ । श्रीमतीहरूले होस वा श्रीमानहरूले होस आफ्नो घर र माइती वा ससुराललाई समान व्यवहार गर्नुपर्छ भनेर सन्देश गीतमा छ ।

नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुर्याउन योगदान दिएका खनालकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दोहोरी प्रबेश गरेको थियो भने डान्स, गजल रेस्टुरेन्टहरुलाई दोहोरी साँझमा परिणत गर्दै त्यसलाई ब्यबसायीकरण गरिएको थियो ।

रामप्रसाद खनाल

खनाल भन्छन् – ‘म भाइरल वा चर्चित हुन कहिल्यै गीत गाएको पनि छैन र गाउने पनि छैन । म एउटा लोक गायक, दोहोरी गायक हुँ त्यसैले मैले लेख्ने, गाउने, अभिनय गर्ने कुनै पनि गीत वा सिर्जनामा मैले लोकको इज्जत र सम्मान गर्नुपर्छ ।’

‘लोकका कलाकार हुँ भन्ने हामीले गाउने अभिनय गर्ने कुरामा मात्र होइन लाउने, खाने, बोल्ने हर कुरामा लोकको सम्मान हुने गरी सोँच्नु पर्छ, व्यबहार गर्नुपर्छ । हरेक परिवारले हजुर बा, हजुर आमा, बा, आमा, परिवार सबै जना सँगै बसेर हाम्रा गीत सुन्न हेर्न सक्ने खालका हुनुपर्छ नत्र हामी के को लोक गायक ? के को कलाकार ?’  खनाल भन्छन् ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले हाल सम्म एक हजार दुई सय भन्दा बढी लोक, दोहोरी, आधुनिक, राष्ट्रिय, भजन, तीज लगायतका सबै जसो बिधाका गीत गाइसकेका छन् भने बाउन्न वटा गीति एल्बम प्रकाशित गरिसकेका छन् । छापा पत्रकारिता देखी रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितासम्म आवद्ध खनालका पन्ध्र सय भन्दा बढी कविता, गजल, मुक्तक र विभिन्न १८ वटा पुस्तक प्रकाशित छन् ।

खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये धार्मिक भजन हे कृष्ण, हे राम गत साता नै सार्वजनिक गरेका थिए ।खनालले यस पटक गाएका सात गीत मध्ये बाँकी गीत क्रमशः सार्वजनिक गर्दै जाने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com