“ओमिक्रोन बढी सङ्क्रामक,खोप नलगाउनेहरुमा यसको जोखिम बढी”


प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरुको दाबी छ । चितवन भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा. भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताउनुभयो ।

अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उहाँले बताउनुभयो ।

चिकित्सक अधिकारीले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ ।” २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उहाँले कुनै पनि भाइरस स्वरुपपरिवर्तन अथवा म्युटेसन हँुदा यो बढी गम्भीर भएर जानसक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्छ भन्नुभयो । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभइ स्थिर पान्डेमिकको रुपमा बदलिइरहेर दुःख दिइरहन सक्ने देखिएको उहाँको भनाइ छ ।

ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेसम्मको तथ्याङ्कले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अङ्ग नाक र स्वाशनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ ।” यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर धेरै जनालाई एकैचोटी सङ्क्रमित गर्नसक्ने देखिएको चिकित्सक अधिकारीको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खोपले समेत कम सुरक्षा दिनसक्ने भन्दै उहाँले अगाडि थप्नुभयो “खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकाले खोपले कम सुरक्षा दिनसक्ने खतरा देखिन्छ ।” पहिलेको भेरियन्टभन्दा सर्ने अवधि औसत तीन दिन देखिएको बताउँदै उहाँले भन्नुभयो “यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो ।”

भरतपुर सामुदायिक अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरीले खोप लगाउनेलाई भन्दा नलगाएका व्यक्तिलाई यसले छिटो असर गर्ने बताउनुभयो । ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान दुख्ने, थाक्ने जस्ता लक्षण यो भेरियन्टमा देखिने गरेको उहाँको भनाइ छ । चिकित्सक अग्रहरीले भन्नुभयो, “मौसमी फ्लू जस्तो मानेर मानिस परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्छन् ।” अहिले दैनिक १० प्रतिशतका दरले बिरामी बढ्दै गएको बताउँदै उहाँले यो रोग छिटो सर्ने भएकाले स्वास्थ्य मापदण्डपालना गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पहिलाको जस्तो लक्ष्यण नभएकाले कोभिड नदेखिए पनि पिसिआर नेगेटिभ आउँदैमा ओमिक्रोन होइन भन्न सकिने अवस्था छैन ।” जिल्लामा हालसम्म ओमिक्रोनको परीक्षण गर्ने प्रयोगशाला नरहेको बताउँदै उहाँले छिट्टै यस्तो प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई लगाउन आग्रह गर्दै चिकित्सक अग्रहरीले भन्नुभयो, “यसले मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएकालाई बढी जोखिम बनाउने हुँदा तत्काल खोप लगाउन आग्रह गर्दछु ।”

धेरैभन्दा धेरैलाई खोपको दायरामा ल्याएर जोखिममा रहेकालाई पहिचान गरी उनीहरुलाई बुस्टर डोज दिन समेत चिकित्सकहरुले सुझाएका छन् । भेला, महोत्सव, मेला, सभासम्मेलन, भौतिक रुपमा विद्यालय र भीड्भाड हुने ठाउँलाई स्मार्ट लकाडाउनमार्फत व्यवस्थित गर्न जरुरी रहेको उहाँहरुको भनाइ छ । परीक्षणलाई सजिलो, दायारा फराकिलो र द्रुत रिपोर्टिङको संयन्त्र बनाउँदै अस्पतालमा तेर्सो लहर सामना गर्न व्यापक तयारी गरी विगतमा भएका कमजोरी सच्याउनुपर्ने चिकित्सक अग्रहरीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले खोप नलगाएकामा जोखिम रहेको बताउनभयो । उहाँले भन्नुभयो, “खोप नलगाउनेलाई जोखिम मात्रै नभएर सङ्क्रमण देखिएमा सिकिस्त बन्ने सम्भावना बढी हुन्छ ।” खोप लगाएकाभन्दा नलगाएका बिरामी अस्पताल धेरै आउने गरेको विदेशी तथ्याङ्कले देखाएको छ । खोपले सके रोग रोक्ने नभए गम्भीर बिरामी हुनबाट रोक्ने तिवारीले बताउनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com