विदेशमा अध्ययनरत नेपालीले गाँस कटाएर पठाए छात्रवृत्ति


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

झापा मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले गाँस कटाएर छात्रवृत्ति रकम पठाएका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले किन्जल फाउण्डेशन नेपालमार्फत सहयोग पठाएका हुन् ।

फाउण्डेशनमार्फत रु तीन लाख १६ हजार ५०० रकम मङ्गलबार विद्यालयको बैंक खातामा जम्मा भएको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो ।

फाउण्डेशन र विद्यालयबीच मङ्गलबार एक समारोहबीच छात्रवृत्ति वितरण गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको छ । फाउण्डेशनका संयोजक आशिष लामिछाने र विद्यालयका प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

फाउण्डेशनका संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न लागेका विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पु-याउन अमेरिका र युरोपमा अध्यययनरत नेपाली विद्यार्थीले गाँस कटाएर पठाएको छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्नुभएको छ ।

दाताबाट प्राप्त सो रकम विद्यालयको खातामा जम्मा गरिदिएको र छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको शैक्षिक आवश्यकतानुसार सहयोग रकम उपलब्ध गराइने सहमति भएको फाउण्डेशनका व्यवस्थापक हरि दाहालले जानकारी दिनुभयो ।

विद्यालयका सहप्रधानाध्यापक तेजप्रसाद चम्लागाईँका अनुसार सम्झौताबमोजिम कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिकरूपमा रु पाँच हजार ८००, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले रु आठ हजार ४५० र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले रु ११ हजार ६०० छात्रवृत्ति पाउने भएका छन् ।

विद्यार्थीले छात्रवृत्तिवापत के–कस्तो सहयोग प्राप्त गरे भन्ने प्रतिवेदन विद्यालयले हरेक तीन महिनामा फाउण्डेशनलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com