“बतास कम्पनीको लगानीमा निर्णय भएको छैन”


प्रकाशित मिति : पुस २६, २०७८ सोमबार

तनहुँ व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिनुभयो । नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरुप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उहाँले बताउनुभयो ।

नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेश गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको हो । उहाँले भन्नुभयो, “मानुङकोटको पूर्वपट्टीको जग्गा व्यास हिल्सले खरिद गर्न पहल मात्रै गरेको हो ।” उक्त जग्गाको लागि लागि रु चार अर्ब प्रस्ताव पेश गरेको बताउँदै नगरपालिकाको तर्फबाट के कति दिने भन्नेबारे कुनै घोषणा र निर्णय नगरिएको उहाँले बताउनुभयो ।

योजना आयोगका पूर्व उपाध्यक्ष, कम्पनी ऐनका विशेषज्ञ सहितको टोली खटाएर अहिले मानुङ क्षेत्रको अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ । ओइलेनी जग्गा नेपाल सरकारको स्वीकृतिबिना नगरपालिकाले मात्रै दिन नमिल्ने हुँदा अध्ययन गरेर नगरपालिकाको हित कसरी हुन्छ त्यसको बारेमा अध्ययन गर्ने कार्य भइरहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

सम्बन्धित लगानीकर्तालाई प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ । उक्त प्रस्ताव प्रस्तुत गर्ने अवसरमा पत्रकार, सरोकारवाला निकाय सबैलाई बोलाएर सार्वजनिक गराइने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “यस विषयमा नगरपालिकाको कुन कम्पनी या व्यक्तिलाई दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन् ।” यदि कानुनले बाधा पुग्दैन भने मानुङको विकास परियोजनामा लगानीकर्ताका रुपमा व्यास हिल्सले उक्त स्थानको वातावरण अध्ययन गर्ने कार्य गरिरहेको हुँदा उक्त कम्पनीले लगानी गर्न सक्ने उहाँले बताउनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com