दोश्रो कार्यकालका लागि राज्य संसदमा उठ्ने भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन


प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेद्वारीको मेरिल्याण्ड राज्यकी हाउस अफ डेलिगेट्समा सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् ।

बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उहाँले पहिलो कार्यकालमा निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको छ । म उहाँलाई अर्को कार्यकालका लागि पनि हाउसमा देख्न चाहन्छु।’

भर्चुअल बैठकमा डेलिगेट डा. ह्यारी भण्डारीले आफ्नो पहिलो कार्यकालमै १० वटा विधेयक पास गराएको बताउँदै आफूले दशैं विधेयक प्रस्तुत गरे पनि पास गर्न नसकिएको कुरा राखे । उनले आउने संसद शत्रमा त्यसलाई पुनस प्रस्तुत गरेर पास गराउन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले बाल्टिमोरमा दीपावली विदा लागू गराएको, कोभिड महामारीको बेला १६०० नेपालीलाई बेरोजगार भत्ता दिलाउन पहल गरेको, सामुदायिक केन्द्रहरूका लागि लाखौ बजेट विनियोजन गराएको, नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान गराएको, मेरिल्याण्ड डीएमभीमा नेपाली भाषालाई मान्यता प्रदान गराउन पहलकदमी लिएको लगायतका कामहरूको लामो फेहरिस्त प्रस्तुत गर्नुभयो ।

नेपाल र नेपालीका लागि आफूले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै डेलिगेट डा. भण्डारीले भने, ‘मैले मातृभूमि नेपालमा कोभिड-१९को १५ लाख खोप र अन्य सामग्री पठाउन भूमिका निर्वाह गरेँ, अमेरिकी नेपाली डायस्पोरामा २५ भन्दा बढी शव व्यवस्थापन गरेर दुस्खमा साथ दिएँ।‘

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

कार्यक्रम आयोजक संस्था फ्रेण्डस् अफ ह्यारी भण्डारीका तर्फबाट प्राध्यापक डा. उत्तम गौलीले प्रमुख अतिथि सभामुख जोन्ससँग मोर्गन विश्वविद्यालयको एक प्राध्यापकका रूपमा सहकार्य गरेका क्षणहरूको स्मरण गर्दै डा. भण्डारीलाई दिएको साथ र समर्थनका लागि धन्यवाद दिए ।

डा. ह्यारी भण्डारी अमेरिकाको नेपाली समुदायको हिरो भएको बताउँदै डा. गौलीले भने, ‘यो उम्मेद्वारी अमेरिकामा रहेको नेपाली सुमदायको हो, त्यसका लागि हामीले ह्यारीलाई उभ्याएका मात्र हौं, यो जित् पनि हाम्रो हुनेछ, कथम्कदाचित हामी चुक्यौ र हार्यौ भने त्यो हार पनि हाम्रो हुनेछ ।‘

कार्यक्रममा नेपाली फर बाइडनका सहसंयोजक रामेश्वर भण्डारी, श्रष्टा सर्जक पदम विश्वकर्मा, सामाजिक अभियन्ता मुकेश प्रसाईं, कविन सिटौला, प्रदीप क्षेत्रीलगायतका वक्ताहरूले डा. ह्यारी भण्डारीको उम्मेदवारीको समर्थन गर्दै आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

फण्ड राइजिङ इभेन्टमा अमेरिकाको विभिन्न राज्यका नेपालीहरूको उल्लेख्य सहभागिता थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com