विश्वका ५१ देशमा बस्ने ८८ प्रतिशत भन्दा बढी नेपालीले लगाए कोरोनाबिरुद्धको खोपको पूर्ण डोज


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल बाहिर बसोबास गर्ने नेपाली मध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लगाएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुशार विदेशमा ५१ देशमा रहेका बस्ने ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका छन्। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डाक्टर सन्जिव सापकोटाका अनुसारअष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतका देशमा रहेका नेपालीहरुले खोप लिएका छन् ।

तर भारत, बंगलादेश जस्ता देशहरूमा भने ७० प्रतिशत भन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन्।

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै ल्याब टेक्निसियन रायन लाम्गादे ।

न्यूनतम खोप उपलब्ध भएका देशहरुमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको तीस प्रतिशत भन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपाल बाहिर रहेका नेपालीहरुको खोप लिने दर उच्च रहेको छ । यस्तै कोरोना बिरुद्धको बुस्टर डोज सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीहरुले तेस्रो खोप समेत लिएका छन् । अहिले सम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् ।

बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीहरुले बुस्टर लिएको संयोजक डाक्टर सापकोटाले बताउनुभयो । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरि सकेका छन् ।

हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ । कोरोना महामारी शुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, उनीहरुको स्वास्थ्य सम्बन्धमा साचो राख्दै बिभिन्न स्वास्थ्य मुलक जनचेतना कार्यक्रम गर्दै आएको छ ।

संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत दुई सय भन्दा बढी चिकित्सकहरुले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाई रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com