न्युयोर्कमा नेपालीबाट संचालित मनी ट्रान्सफरमा दिउसै लुटपाट, झण्डै २३ हजार डलर लुटिएको दावी


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीबाट संचालित मनी ट्रान्सफरमा दिउसै लुटपाट भएको छ । मनी ट्रान्सफरबाट झण्डै २३ हजार डलर लुटिएको दावी गरिएको छ ।

सोमबार दिउसो झण्डै साढे १ बजे लुटपाट भएको प्रत्यक्षदर्शी निमा पुन मगरले खसोखासलाई जानकारी दिए । ७२२८ ब्रोडवेमा रहेको मनी ट्रान्सफरमा बन्दुकसहित प्रवेश गरेको लुटेराले मनी ट्रान्सफरमा रहेको रकम र त्यहाँ पुगेका ग्राहकको रकम समेत लुटेका छन् ।

मनी ट्रान्सफरमा रहेको झण्डै २१ हजार डलर र त्यहाँ पुगेका ग्राहकहरुको झण्डै २ हजार डलर गरी कम्तीमा २३ हजार डलर लुटपाट भएको मगरले बताए । आफ्नो साथमा रहेको ४ सय डलर, आइफोन र बैंक कार्डहरु भएको वालेट समेत लुटिएको उनले जानकारी दिए ।

लुटेराले स्टोरमा प्रवेश गर्ने बित्तिकै बन्दुक निकालेर सबैलाई तल झुक्न भनेको र एकजना नेपालीले राम्रोसँग नबुझ्दा उनको टाउकोमा बन्दुकको कुन्दाले हानेको थियो । मगरले भने -‘हामीसँग रहेका रतिवन बुढामगरलाई बन्दुकको कुन्दाले टाउकोमा हान्यो । त्यसपछि नगद, मोबाइल, वालेटहरु कालो ट्रयास ब्यागमा राखेर बाहिर निस्क्यो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुटेरा झण्डै ५ मिनेटसम्म मनी ट्रान्सफरभित्र बसेको थियो । लुटेको बाहिर निस्केको केहीबेरसम्म पनि आफूहरु प्रहरीलाई खबर गर्न डराएको र झण्डै पाँच मिनेटपछि खबर गरेको १० मिनेटभित्रै प्रहरी घटनास्थलमा आएको मगरले जानकारी दिए । आफ्नो मोबाइलको लोकेशन ट्रयाक गर्दा नजिकैको अपार्टमेन्टमा देखिएपनि प्रहरीले सिधै अपार्टमेन्टमा जान नमिल्ने र घटनाबारे अनुसन्धान गर्ने बताएको मगले जानकारी दिए ।

मनी ट्रान्सफरमा सीसीटिभी क्यामेरा नरहेको र छेउको स्टोरमा रहेको सीसीटिभी क्यामेरापनि राम्रोसँग नचल्ने भएकाले बाहिरपट्टीको क्यामेरामा लुटेरा भित्र आएको र बाहिर निस्केको दृश्य कैद भएको जनाइएको छ । उक्त तलामा अरु स्टोरहरु समेत रहेपनि लुटेरालाई मनी ट्रान्सफरलाईमात्र निशाना बनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com