सन् २०१८ का लागि ४०९७ नेपालीलाई डिभी लोटरी


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज शुक्रबार सन् २०१८ का लागि डिभी लोटरी पर्ने नेपालीहरुको संख्या सार्वजनिक गरेको हो ।

सन् २०१८ का लागि डिभी लोटरी पर्नेहरुले सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को सेप्टेम्बरसम्म अमेरिकी भिसा प्राप्त गर्नेछन् । अहिले सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुले अमेरिकाको भिसा पाइरहेका छन् ।

सन् २०१८ को डिभी कार्यक्रमका लागि छनौट हुनेहरु सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरीका लागि आवेदन दिनेहरु हुन् । उनीहरुले सन् २०१७ को मे २ देखि आफू डिभी लोटरी विजेता भए नभएको चेक गर्न सक्नेछन् ।
सन् २०१८ का लागि डिभी लोटरी भर्नेहरुलाई कम्तीमा सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेशन नम्बर राख्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी परेकोमा आगामी आर्थिक बर्ष सन् २०१८ का लागि त्यो भन्दा धेरै नेपालीहरुलाई डिभी लोटरी परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com