कहिले फेरिएला घरको छानो


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ ।

ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका—४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्काएको थियो । उहाँ अहिले अरूको बनाएका घरमा शरण लिएर बस्नुभएको छ । ७६ वर्षीय पूर्णका धेरै वर्ष फेरिए, कपाल सेताम्य भयो तर अहिलेसम्म घरको छानो फेरिएको छैन । अर्थाभावका कारण उहाँले अहिलेसम्म खरको छानो फेर्न सक्नुभएको छैन ।

उहाँ पुर्खाका पालादेखि नै खरले छाएको घरमा बस्दैआउनुभएको हो । दश वर्ष अगाडि खानी गाउँमा सबै एक प्रकारको घर थियो – खरले छाएको । विस्तारै केही पैसा हुनेले घरको छाना फेर्दै गए । केही विपन्न परिवारको भने अहिले पनि उस्तै छ ।

अरुको घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने तामाङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही गाउँकी सुनमाया तामाङको पनि व्यथा उस्तै छ । उहाँको आफ्नै आँखाले छिमेकीको घर छाउन नसकेर ढलेको देखेको छ । आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उहाँलाई घरिघरि पोलिरहन्छ ।

अहिले गाउँघरमा अन्नबाली घर भित्र्यासकिएको छ । फुर्सदिलो यस समयमा गाउँघरमा घर बनाउन तथा छानो छाउन खर जुटाउने र छाउने समय हो । गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भनी प्राविधिक आएर घरको चार कुना नापजाँच गरेका थिए । सुनमायाको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो । उहाँले घर छाउनका लागि खर काट्न तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुन नापजाँच गर्नुभयो ।

खरले छाएका घरमा जस्ताको पाता दिइने भएपछि उहाँको खुशीको सीमा नै रहेन । त्यो खुशी धेरै समय रहेन । गत वर्ष नै नापजाँच गरिए पनि अहिलेसम्म जस्ताको पाता नपाउँदा उहाँमा निराशा छाएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकादेखि आएका प्राविधिकले अर्को चरणमा आउँछ भनेपछि आशा गरेर बसेका छौँ । दिने नदिने थाहा छैन । नदिने भए खर जुटाएर भए पनि छाना छाउनैप¥यो । चुहिने घरमा त बस्न सकिन्न ।”

सिदिङ्वा गाउँपालिका—४ साब्लाखु निवासी खोमनाथ खड्काका मुहारमा पनि आजभोलि खुशीका रेखा देखिन छाडेको छ । जाडो मौसम सुरु भएको छ । घरको छाना मक्किएर झरिसक्यो । छानो उदाङ्गो हुँदै छ । अझ हावाहुरीको समय आउँदै छ । त्यसैको पिरले खड्कामा खुशी हराउँदै गएको छ । गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा अहिलेसम्म जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उहाँले सुनाउनुभयो ।

पूर्णबहादुर, सुनमाया र खोमनाथ मात्र नभई जिल्लाका एक हजार ८७४ घरपरिवारको व्यथा उस्तै छ । अर्थाभावका कारण खरको छानामुनि बस्न बाध्य भएका एक हजार ८७४ परिवारको घरका छाना छाउन सहरी विकास तथा भवन निर्माण विभागको नयाँ जस्तापाताको छाना लगाउने कार्यक्रममार्फत गत वर्ष नै नापचाँच गरिएको छ । त्यसैको आसमा बसेका परिवार अहिले दोधारमा छन् ।जस्तापाता पाइएला भनी बसेका उनीहरूमा निक्कै छट्पटीसमेत सिर्जना भएको छ । खर काटेर घरको छानो छाउन थालौं भने घर नापजाँच गरिएकाले जस्तापाता पाइहालिन्छ कि भन्ने आशा पनि तिनलाई छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com