पहिलो आरोहण ३० बर्ष पुग्दा पनि साइपालमा कोही आएनन्


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

रमेश केसी/  सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । सन् १९८७ र सन् १९८८ मा अष्ट्रियन र स्वीस टोलीले आरोहणको प्रयास गरेपनि सफल हुन सकेन । तर सन् १९९० को अक्टोबर २६ मा उत्तरपूर्वी चोटीबाट फ्रान्सका ज्याकोब मोन्टाज र टेण्डी सेर्पाले साइपाल आरोहण गरेका थिए भने त्यसको दुई दिनपछि जर्मन नागरिक अष्ट्रियन क्रोल र आंग छोपेल शेर्पाले साइपलको आरोहण गरेका थिए । त्यो यता कसैले पनि साइपाल हिमाल (७,०३१ मिटर) आरोहण गर्न सकेका छैनन् ।

साइपाल आरोहणका लागि अघिल्लोपटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए ।

पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले तीनबर्ष अगाडि साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहणदलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुई जना स्पेनका आरोही पाँच हजार ५०० मिटरसम्म पुगेर फर्केको शेर्पा पथप्रदर्शक पेछुम्बे शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिकरुपमा कठिन हिमाल रहेछ त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौँ ।” आरोही सक्षम हुने भए आरोहण सफल हुने उहाँको विश्वास छ । शेर्पा गाइडले एक हजार २०० मिटर डोरी टाँगेर सो समिटसम्म बाटो बनाए पनि स्थानीय चार महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल नभएको शेर्पाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने)गर्ने हो भने आरोहण सफल हुने गाइडले अनुभव गरेका छन् । पश्चिम क्षेत्रमा १०० बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिएको छ । आरोहण हुन नसकेका हिमालको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नुपर्ने साइपाल हिमाल आरोहण दलका बेसक्याम्प मेनेजर भोजराज भट्टको भनाइ छ ।

सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यसाथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निःशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । केही वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन सुरु गरेको पर्यटन विभागले जानकारी दिएको छ । सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्कमा चार लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ ।

सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका ४०३ हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीको भनाइ छ । पश्चिम क्षेत्रमा करिब डेढ सय हिमाल छन् तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उहाँको सुझाव छ ।

स्थानीयवासीले साइपाल आरोहण हुन लागेको भन्दै पछिल्लो पटक गएका पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए । आरोहण दलका सदस्य र स्थानीयसहित ३७ को टोली आधारशिविरतर्फ गएको थियो । आरोहण दलमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा जर्ज र एडुर्ने पासावन रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com