न्युयोर्कबासीले कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने ?


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने भन्नेबारे कतिपयमा अन्यौल देखिन्छ । तर यो कार्ड हराएमा वा नष्ट भएमा त्यसको साटो नयाँ कार्ड प्राप्त गर्न सोंचेजति कठिन छैन ।

आगामी केहीमहिनासम्म न्युयोर्कबासीहरुले कोरोनाबिरुद्धको बुस्टर शट लगाइरहेका छन् । बुस्टर शट लगाउनका लागि पहिले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ । खासगरी पहिले लगाएको भ्याक्सिनको तुलनामा बुस्टर शट लगाउने भ्याक्सिन फरक भएको खण्डमा पहिलेको भ्याक्सिनको प्रमाण देखाउनु अझ महत्वपूर्ण छ ।

न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ हेल्थले भ्याक्सिन कार्ड सुरक्षित स्थानमा राख्न र यसको तस्वीर लिएर राख्न सुझाव दिएको छ । तर यसो गर्न नभ्याउँदै कार्ड हराएमा वा नष्ट भएमा नयाँ भ्याक्सिन कार्ड प्राप्त गर्ने केही तरिकाहरु छन् ।

यदि तपाईले सीभीएस वा वालग्रिनमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनु भएको थियो भने भ्याक्सिन लगाएको प्रमाण निकाल्न अत्यन्तै सहज छ । तपाई त्यहाँ पुगेर अनुरोध गर्नुभएको खण्डमा उनीहरुले सहजै भ्याक्सिन लगाएको प्रमाण प्रिन्ट गरेर दिनेछन् । प्रिन्ट गरेर दिइएको कागजमा कहिले र कुन भ्याक्सिन लगाएको विवरण उल्लेख गरिएको हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीभीएसबाट भ्याक्सिन लगाएकाहरुले सीभीएस फार्मेसीको अनलाइन वा एप्लीकेशनमा गएर पनि आफ्नो विवरण निकाल्न सक्छन् । तर त्यसको लागि अनलाइनमा एकाउन्ट बनाउन आवश्यक हुनेछ । भ्याक्सिन लगाएपछि ग्राहकले यसबारे इमेलपनि प्राप्त गर्ने भएकाले पहिलेको इमेल चेक गर्न समेत सुझाव दिइएको छ ।

राइट एडले पनि डिजिटल रेकर्ड अनलाइनमा उपलब्ध गराएको छ । त्यसका लागि ग्राहकले राइट एडमा अनलाइन एकाउन्ट बनाएर हेर्नसक्नेछन् । त्यस्तै स्वास्थ्य सेवा प्रदायकहरुकोमा भ्याक्सिन लगाएको भएमा उनीहरुले पनि भ्याक्सिन लगाएको रेकर्ड फाइलमा राखेका हुन्छन् । त्यस्तै राज्यले संचालन गरेको आम भ्याक्सिन केन्द्रमा भ्याक्सिन लगाएको भएमा न्युयोर्क राज्यको हटलाइन नम्बर ८३३ ६९७ ४८२९ मा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै एक्सलसियर पास र एक्सलसियर पास प्लस नामका एप्लीकेशनबाट पनि भ्याक्सिन लगाएको डिजिटल प्रमाण प्राप्त गर्न सकिन्छ । यो पासका लागि न्युयोर्कबासीले भ्याक्सिन लगाएको १५ दिनपछि आवेदन दिनसक्छन् । बुस्टर लगाएपछि एक्सलसियर पासका लागि आवेदन दिन आवश्यक पर्दैन । तर अहिले एक्सलसियर पास भएकाहरुले आगामी मार्च ३१ पछि नयाँ पासका लागि आवेदन दिन आवश्यक छ । किनभने उक्त मितिपछि यो अहिलेको पासको म्याद समाप्त हुन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com