सीमास्तम्भ ढलेको दुई वर्ष बितिसक्यो, त्यही सीमास्तम्भमा लुगा धुन्छन् भारतीय


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

ef/t;Fu ;Ldf hf]l8Psf] emfkfsf] uf}/Lu~h ufpFkflnsf j8f gDa/ $ afx|;’bLdf b’O{ jif{ cl3 uf}l/of vf]nfsf] af9Ln] 9n]sf] !$(÷@$ gDa/sf] ;Ldf:tDedf a;]/ n’uf w’Fb} ef/tLo gful/s . ;Ldf:tDe p7fpg] kxn x’g ;s]sf] 5}g . t:jL/ M rGb|snf e08f/L

चन्द्रकला भण्डारी / गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दा समेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट सीमाकै अस्तित्व सङ्कटमा परेको छ ।

गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको छ ।

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् । ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ । सो स्थानको नजिक नेपालतिर मुसहर बस्तीका रुपमा चिनिएको बाह्रसुदी गाउँ छ भने भारततिर किशनगञ्ज जिल्लाको खनियावाद छ । एक किलोमिटर उत्तरमा नेपाल र भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।

बाढीले सीमास्तम्भ ढालेका बेला नै स्थानीय सञ्चारमाध्यमले यसको समाचार प्रकाशित गरेका थिए । त्यसबेला दुवै देशका सीमा सुरक्षा हेर्ने सुरक्षाकर्मी र प्रशासनका अधिकारी ढलेको सीमास्तम्भको निरीक्षणमा आएको स्थानीय कोचिला न्यूज अनलाइनका सम्पादक आत्माराम राजबंशी बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सीमा जस्तो संवेदनशील विषयमा दुवै देशको प्रशासनिक निकायले बेलैमा ध्यान नपु-याएको देख्दा आश्चर्य लाग्छ”, गौरीगञ्जका बासिन्दासमेत रहेका सम्पादक राजवंशीेले भन्नुभयो, “ढलेको सीमा पिलर तत्काल उठाउनु पर्छ, पुरानै अवस्थामा राख्न मर्मतसम्भार गरिनुपर्छ, नत्र आउँदो बाढीले बगायो भने विवाद निम्तिन सक्छ ।”

एक वर्षअघि आउँदा ढलेको सीमास्तम्भको केही भाग पानीको सतहभन्दा निकै माथि देखेको जनाउँदै उहाँले अहिले बाढीले झन् क्षति

पु-याएका कारण सीमास्तम्भ बालुवाभित्र पुरिन थालेको बताउनुभयो । नेपाली सुरक्षा अधिकारी बेलाबेला ढलेको सीमास्तम्भको निरीक्षणमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल तथा भारतबीचको सीमा खुला र सहज छ । दुवै देशका बासिन्दाको आवतजावत निर्वाध चल्ने गरेको छ । किनमेलका लागि नेपाली भारततिर जाने गरेका छन् । तथापि सीमास्तम्भमा बसेर लुगा धुने कार्यले भने सीमाको संवेदनशीलतालाई बेवास्ता गरेको जस्तो भान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

नेपाली नागरिकसमेत लुगा धुन र नुहाउन सीमा नदी गौरियामा जाने गर्छन् । भारतीय नागरिकले जसरी सीमास्तम्भमा लुगा धुने कार्य गर्दैनन् । ढलेको सीमास्तम्भदेखि करिब ५० मिटर उत्तरतिर ३३ पीपी लेखिएको जङ्गे सीमास्तम्भ छ । छ फिटभन्दा अग्लो जङ्गे सीमास्तम्भको वरिपरि दलित मुसहर समुदायलगायत ४० परिवार बसोबास गर्छन् ।

उनीहरुको बसोबासले जङ्गे सीमास्तम्भको सुरक्षा भएको छ । स्तम्भ वरिपरिका घर हटाउन भारतीय सीमा सुरक्षा बलले बारम्बार दबाब दिए पनि आफूहरुले नटेरेको स्थानीय ७० वर्षीय सुन्दर ऋषिदेव बताउनुहुन्छ । उहाँले खोलाले पुरेको १४९/२४ नम्बरको सीमास्तम्भ छिटो मर्मत गरेर पहिलाको जस्तै उभ्याउने पहल गर्न नेपाल सरकारलाई सुझाउनुभयो ।

सीमाको रक्षक बनेर वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीय नेपाली बासिन्दाले जग्गाको धनीपूर्जा र नागरिकता पाउन सकेका छैनन् । सीमा रक्षाका लागि डटेर बसेका सीमा क्षेत्रका नेपालीलाई सम्मान गर्नुको साटो नागरिकतासमेत नदिएर अनागरिकको जस्तो व्यवहार गरिएकामा स्थानीयवासीको गुनासो छ ।

सरकारी तथ्याङ्कअनुसार झापामा ९८८ सीमास्तम्भ रहेका छन् । तीमध्ये ६० वटा विभिन्न कारणले ढलेका छन् । दुई सयभन्दा बढी मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोनाका कारण दुई वर्षदेखि सीमामा ढलेका तथा नदीले बगाएका पिलरको मर्मतसम्भार हुन नसकेको बताउनुभयो ।

उहाँले यसको मर्मतसम्भारका लागि ‘फिल्ड सर्भे टिम’ रहे पनि कोभिडका कारण काम गर्न नसकेको जनाउँदै भन्नुभयो, “गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छु ।” भारत र नेपालका उच्च अधिकारीको बैठक र छलफलपछि मात्र ढलेका सीमा पिलरको मर्मतसम्भार गर्ने कार्य अघि बढाउन सकिने हुँदा सोको पहल भइरहेको उहाँको भनाइ छ । उहाँले गत वर्ष वर्षाका कारण १९ र यस वर्ष १२ वटा स्तम्भ ढलेको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com