क्यालिफोर्नियामा स्टोरमा कार्यरत नेपालीमाथि गोली प्रहार, एकरातमा ५ स्टोरमा लुटपाट


प्रकाशित मिति : पुस ७, २०७८ बुधबार

क्यालिफोर्नियाको लस एन्जलसमा स्टोरमा कार्यरत एकजना नेपालीमाथि गोली प्रहार भएको छ । लुटेराहरुले सोमबार बेलुका स्टोरमा कार्यरत नेपालीमाथि गोली प्रहार गरेका हुन् । स्टोरपनि नेपालीहरुबाट नै संचालित रहेको जनाइएको छ ।

लुटेराहरुले ६ वटा गोली हानेकोमा तीनवटा गोलीले टाउकोमा लछारेको जनाइएको छ । घाइते नेपालीलाई तत्काल अस्पताल लगिएको थियो । अहिले आफ्नो अवस्था सामान्य रहेको घाइते नेपालीले खसोखासलाई जानकारी दिए ।

२० बर्षको हाराहारीमा रहेका तीनजना लुटेराहरुको समुहले बीबी गनबाट गोली चलाएको जनाइएको छ । उनीहरुले चारवटा सिटीमा एकघण्टाभित्र पाँचवटा स्टोरहरु लुटेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लेकउड, आर्टेसिया, नर्वाक र बेलफ्लावरमा रहेका पाँचवटा चुरोट र भाप स्टोरमा लुटपाट भएको थियो । उनीहरुले ती स्टोरहरुबाट हजारौं डलर लुटेको प्रहरीले जनाएको छ ।

लुटेराहरु हुडी र मास्क लगाएर आएको पीडितहरुले बताएका छन् । उनीहरु ग्राहकजस्तै बनेर स्टोरभित्र छिरेका थिए । त्यसपछि टाउकोमा बन्दुक तेर्साएर रकम मागेका थिए । आर्टेसियाको स्टोरबाट अन्य सामान र ग्राहकको घाँटीको चेनसमेत लुटेको जनाइएको छ ।

लुटपाट भएका पाँचवटै स्टोरहरु अहिले खुलिसकेका छन् । दुईवटा स्टोरको सेक्युरिटी क्यामेरामा भिडियो रेकर्ड भएको तर ती भिडियो प्रहरीलाई बुझाइएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com