“मिडियामा धेरै जसो सामग्री बिकाउरुपमा आएका छन्,यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील हुनुपर्छ”


प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार

 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शब्दावलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारसंस्था संवेदनशील बन्नुपर्ने बताउनुभयो । सबै सञ्चारसंस्थालाई एकैठाउँमा राखेर मूल्याङ्कन गर्न नहुने उल्लेखगर्दै उहाँले मूलधारका सञ्चारसंस्था भन्दा दर्ता नभएका र युट्युबमा बढी नकारात्मक सामग्री आउने गरेको बताउनुभयो । “मिडिया सामग्रीको विश्लेषण गर्दा धेरैजसो सामग्री बिकाउरुपमा आएका छन् । राम्रा कामका समाचार सकारात्मकरुपमा आए पनि वैकल्पिक मिडियामा बढी सामग्री पाइन्छ”, उहाँले भन्नुभयो ।

नील हिरा समाजका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले पहिचान र अधिकारका लागि समाजले आवाज उठाउँदै आएको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । “कहिलेकाहीँ मिडियामा आउने सामग्रीले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा नकारात्मक प्रभाव पार्छ, त्यसैले मिडिया बढी संवेदनशील बन्नुपर्छ”, उहाँले भन्नुभयो । संयोजक श्रेष्ठले प्रदेशस्तरमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समावेशी ऐन, नीति र बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बियोन्ड बेइजिङ कमिटी नेपालका कोषाध्यक्ष जगजीत कौरले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सशक्तिकरणका लागि समाजका सबै पक्ष सम्वेदनशील हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पत्रकार आचार संहितालाई टेकेर काम गर्ने भएकाले मूलधारका मिडियामा खासै समस्या नहुने गरेको बताउनुभयो । नील हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राज्यका हरेक तहमा अर्थपूर्ण सहभागिता र समावेशीकरण जरुरी रहेकामा जोड दिनुभयो । उहाँले यो समुदायमाथि हुने हिंसा र विभेद कम गर्न सरकारले विशेष संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।

साहसी कदम नेपालका प्रदेश संयोजक आनिक रानाले राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई घोषणापत्रमा समावेश गरी नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्नुभयो ।

युवाका क्षेत्रमा कार्यरत संस्था युवाका सदस्य आस्था सुवेदीले महिला तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई यौनिकतासँग मात्रै जोडेर नहेर्न आग्रह गर्दै युवालाई उत्प्रेरणा दिने खालका विषयवस्तुलाई मिडियामा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका रुविना तामाङ र टीकाराम न्यौपानेले शारीरिक अवस्था एउटा र अर्कै भावना बोकेर हिँड्न सहज नहुने भएकाले यो समुदायको भावना बुझेर कलम चलाउन पत्रकारलाई अनुरोध गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com