प्रहरी अनुसन्धान : ‘मृतक भुपेन्द्र बडुवाल निर्दोष रहेछन’


प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार

कैलालीको लम्की चुहा नगरपालिका–१ का युवक भूपेन्द्र बडुवालको हत्याको कारण दुई आपराधिक समूहको आपसी विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुई आपराधिक समूहले एकआपसमा आक्रमण गर्ने योजनासहित परिचालित युवाले धारिलो हतियार प्रहार गर्दा २३ वर्षीय बडुवालको मृत्यु भएको बताउनुभयो ।

गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका सिद्धार्थ होटेल नजिक रहेको बडुवालका आफन्त कौसीदेवी विष्टको घर परिसरमा उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो । आफ्नो विरोधी समूहका युवा ठानेर आर्यन देवकोटा, रोशन शाही, रोहित आले, चीरञ्जीवी शाहीलगायत युवा बडुवालमाथि धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । आक्रमणबाट घाइते बडुवालको टीकापुर अस्पताल पु-याइएको केही समयमै मृत्यु भएको थियो ।

“आक्रमणको योजनासहित टीकापुर पुगेका कपिल श्रेष्ठले चिनजानका साथी रहेका बडुवाललाई आफू टीकापुरमा रहेकाले मोटरसाइकलमा लिन आउन बोलाएका रहेछन्”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “बडुवाल टीकापुरमा रहेको अवस्थामा अर्को समूहका युवाले विरोधी समूहका युवा ठानेर उनीमाथि हतियार प्रहार गरे ।”

“यो दुई समूहबीच आक्रमणको घटना भएको भए झन ठूलो मानवीय क्षति हुने थियो, तत्काल प्रहरी परिचालन हुँदा हुन पाएन”, उहाँले थप्नुभयो, “मृतक बडुवाल निर्दोष रहेछन् ।” कैलालीको टीकापुर, चिसापानी र लम्की क्षेत्रमा नदीजन्य पदार्थ र वन पैदावारको ठेक्कापट्टाको काममा आफ्नो वर्चश्व जमाउँदै आएको यो समूहले आपराधिक लाभका लागि युवालाई परिचालन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुरुको समयमा यो समूहमा एकता थियो । आपसमा विवाद र मनमुटाव बढ्दै जान थालेपछि दुई समूहमा बाँडिएपछि एउटा समूहको नेतृत्व नवीन रावलले र अर्को समूहको जयन्द्र शाहले गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हत्या घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र केन्द्रीय अनुसन्धान ब्यूरो(सिबिआई) को टोलीले अनुसन्धान गरेको थियो । उक्त हत्या घटनाका आरोपी महेश रावल, धीरज भन्ने दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, दीपक स्वरुप भन्ने हिसान्त मल्ल, विकास भट्ट, प्रदीप रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुवँर र समीरजङ्ग शाहीलाई पक्राउ गरिएको छ । घटनामा संलग्न नवीन रावल, अनुज भन्ने चिरञ्जीवि शाही, बाल शाही, जयन्द्र शाह, रोशनबहादुर शाही, अशोक रावल, हेमन्त शाही, विकास शेरचनलगायत नौ जना फरार रहेका छन् ।

यो समूहका विभिन्न व्यक्ति विरुद्धमा कैलाली र काठमाडौँमा गरी छ वटा ज्यान मार्ने र दुई वटा हातहतियार खरखजनासम्बन्धी मुद्दा यसअघि दर्ता भएको जनाइएको छ । काठमाडौँको कालीमाटी क्षेत्रमा विसं २०७८ भदौ महिनामा जयन्द्र शाहको तर्फबाट कपिल श्रेष्ठले नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको बताइएको छ । यसै घटनापछि श्रेष्ठले जयन्द्रको समूहको तर्फबाट नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजनासहित गत कात्तिकमा काठमाडौँबाट लम्की पुगेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com