अमेरिकामा तुलसी दिवसको सम्मान, शिखर दुलालको पुस्तक लोकार्पण


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

-ऋषि बस्ताकोटी

नर्थक्यारोलाइना साहित्य समाजको आयोजना र स्थानीय संस्थाहरू नर्थक्यारोलाइना नेपाली समाज र नेपारिदम सास्कृतिक परिवारको सहआयोजनामा एक बिशेष साहित्यिक कार्यक्रमको आयोजना गरी अमेरिका भ्रमणमा रहनुभएका नेपालका अन्तरराष्ट्रिय ख्यातिप्राप्त कवि तथा संस्कृतिविद प्राध्यापक तुलसी दिवसको सम्मान तथा स्थानीय कवि शिखर दुलाल “लेखु” को तेस्रो कविता कृति “यात्रा अविरल” को लोकार्पण गरियो ।

कार्यक्रममा कार्यक्रम संयोजक नम्रता गुरागाई र नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाका अध्यक्ष्य वसन्त श्रेष्ठले साहित्यकार तुलसी दिवसको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो। नेपाली साहित्यको विकास र नेपाली लोक संस्कृतिको अन्वेषणमा तुलसी दिवसको योगदान र खास गरी नेपाली साहित्यलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउनमा उहाको भूमिकाको बारेमा चर्चा गर्दै कवि बसन्त श्रेष्ठले आफु सानैदेखि तुलसी दिवसको व्यक्तित्वबाट लोभिएको र साहित्य सिर्जनामा धेरै नै उत्प्रेरित भएको बताउनुभयो । तुलसी दिवसको सरल र असल व्यक्तित्वको चर्चा गर्दै चिनारी मन्तव्यको क्रममा नम्रता गुरागाईले तुलसी दिवसका केही छानिएका कविताहरू समेत सुनाउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मानित व्यक्तित्वको चिनारी पश्चात कवि तथा संस्कृतिविद प्राध्यापक तुलसी दिवसलाई नर्थ क्यरोलाइनाबासी नेपाली समुदायकोतर्फबाट नर्थक्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष्य मनोज प्रधान, नर्थक्यारोलाइना नेपाली समाजका अध्यक्ष्य डाक्टर शुषमा प्रधान र नेपारिदम सास्कृतिक परिवारका संयोजक अरुण धितालले संयुक्त रुपमा सम्मान-पत्र, खादा र मायाको चिनो समर्पण गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्राध्यापक तुलसी दिवसले करिव एक घण्टा लामो विचारोत्तेजक मन्तव्य राख्दै साहित्य, संस्कृति र जीवन भोगाइका विविध पाटाहरूमा आफ्ना अनुभवहरू बाँड्नुभएको थियो । सम्मान पाइएला भनेर आफुले कहिल्यै लेख्ने नगरेको तर राम्रो काम गर्न सके पुरस्कार र सम्मानले स्रष्टालाइ आफै खोजी खोजी आउने आफ्नो अनुभव रहेको सुनाउंदै स्रष्टा जहिले पनि इमान्दार रहनुपर्छ भन्नेमा आफु अडिग रहेको बताउनुभयो । मानिसले अरुलाई ढाट्न सक्छ तर आफुलाई कहिल्यै ढाट्न सक्दैन भन्दै उहाले कवि साहित्यकारहरूलाई सधै सत्यको पक्षमा वकालत गर्न आह्वान गर्नुभएको थियो ।

धेरै लेख्न जरुरी छैन तर मौलिक र नूतन सिर्जनाको लागि सधै लाग्नुपर्छ भन्दै कवि तुलसी दिवसले नया स्रष्टाहरूलाई सकेसम्म अरुको प्रभावबाट मुक्त र प्रत्येक पछिलो सिर्जना आफ्नै अघिल्लो सिर्जनाको सापेक्षमा फरक र नया बनाउन कोशिश गर्नुपर्ने बताउनुभयो । प्रवासमा रहेर पनि नेपाली साहित्य र संस्कृतिको सम्बर्धनमा नर्थ क्यरोलाइनाको नेपाली समुदायले प्रसंशनीय काम गरेको थाहा पाउँदा आफुलाई खुसी लागेको सुनाउंदै आजको दुनियामा कोही मानिस भूगोलको देश छोड्दैमा उसले देश बिर्स्यो भन्न नमिल्ने बरू देशप्रतिको माया उसमा झन् प्रगाढ हुँदै जाने र सांस्कृतिक रुपमा देशले झन् फैलिने अवसर पाउने बताउनुभयो । आफ्नो मन्तव्यको क्रममा उहाले अबको दिनमा प्रवासमा रहेका नेपालीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई अन्य भाषीहरूसंगको अन्तरक्रियामा पनि लानुपर्ने र आफ्नो पहिचानलाई जीवन्त राख्न प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।मन्तव्यको अन्त्यमा उहाले आफ्नो छनोटका केही लोकप्रिय कविताहरू समेत वाचन गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा कवि शिखर दुलालको तेस्रो काव्यकृति “यात्रा अविरल” को लोकार्पण कवि तथा संस्कृतिविद प्राध्यापक तुलसी दिवस, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष तथा कवि वसन्त श्रेष्ठ र स्रष्टा शिखर दुलालकी सासु-आमा विमला गिरीको हातबाट संयुक्त रुपमा गरियो । कवि दुलाललाई बधाई तथा शुभकामना दिंदै लोकार्पित कृति र यसका स्रष्टामाथि विभिन्न व्यक्तित्वहरूले टिप्पणी समेत गर्नुभएको थियो । साहित्यकार इश्वर देवकोटाले कवि दुलालको परिचय प्रस्तुत गर्दै नेपालको मोरंग जिल्लामा जन्मेका सरल स्वभावका लेखनाथ दुलाल अमेरिका आएपछि साहित्यमा लागेर शिखर दुलाल भएको स्मरण गराउनुभयो । कवि दुलाल जे भोग्छन, जे देख्छन, त्यही लेख्छन । उनी जीवनमा सरल छन्, लेखनमा अविरल वग्न सक्ने तरल छन् र सरस छन् भन्दै देवकोटाले कवि दुलाललाई एक जिम्मेबार सामाजिक र साहित्यिक व्यक्तित्वको रुपमा पाएको बताउनुभयो।

लोकार्पणकै क्रममा कवि तुलसी दिवसले कवि शिखर दुलालको साहित्यप्रतिको लगावको प्रसंशा गर्दै नया कृतिको लागि बधाई दिनुभयो ।प्रवासमा भएको यस किसिमको साहित्यिक सक्रियताले अरुलाई पनि प्रेरणा मिल्ने र भविष्यमा अरु नया नया साहित्यकारहरु जन्मने विश्वास व्यक्त गर्दै कवि तुलसी दिवसले लेखनमा संख्यात्मक मात्रै नभई गुणात्मक पक्ष्यलाइ पनि ध्यान दिंदै जान सके लेखन अझै परिस्कृत हुने र साहित्य लेखन साच्चै शिखरमा पुग्ने बताउनुभयो। शिखरले सुन्दर बाटो पक्डेको तर उनको सिर्जनाकर्मले अझै साधनाको अपेक्षा गरेको बताउंदै तुलसी दिवसले कवि दुलाललाई सिर्जनाकर्ममा निरन्तर जुट्न सुझाव समेत दिनुभयो।

पछिल्लो समय अमेरिकामा नेपाली साहित्य झ्यांगिदै गएको बताउंदै अर्का वक्ता कवि वसन्त श्रेष्ठले पनि कवि दुलाल लाई बधाई दिदै नेपाली साहित्यलाई हामी सवै मिलेर विकास र सम्बर्धन गर्दै जानुपर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै स्थानिय साहित्यकार विक्रम गौतमले कवि शिखर दुलाल हामीसंग जस्तो बोल्छन त्यस्तै सरल लेख्छन भन्दै वहाँलाई लेखनमा हतारो नगरीहाल्न सुझाव दिनुभयो । समिक्षकै क्रममा गौतमले कवि दुलाल कहिले काबुलको बीभत्स बम आक्रमणमा पुग्छन त कहिले बारपाक त कहिले विदेसको दसै सधै अपुरो भो भन्छन, कहिले मातातिर्थकी आमा सम्झिन्छन त कहिले प्रवासको दैनिन्दिनीमा हराउञ्छन भन्दै उनका कवितामा विविधता अटेको र दुलालको काव्य यात्रा अविरल बगेको बताउनुभयो ।

नेपालमा रहंदा सुसुप्त अवस्थामा रहेको दुलालको कवि व्यक्तित्व अमेरिका आएपछि प्रस्फुटित भएको र आज तेस्रो कृतिको रुपमा “यात्रा अविरल” सम्म आइपुगेको बताउंदै अर्का साहित्यकार डा. ऋषि बस्ताकोटीले शिखर दुलाललाई भावनामा देश बोकी हिड्ने कविको रुपमा चित्रण गर्नुभयो । कवि दुलाल तनले अमेरिका भए पनि मनले नेपाल छन् र हरदम नेपालकै सपना देख्छन भन्दै बस्ताकोटीले देशमा भुकम्प जाँदा कवि दुलाल यता भत्किने गरेको, देशको बेथितिले यता विझाउने गरेको र देशको हरेक दुखामा उनि यता दुख्ने गरेको र तिनै अनुभूतिहरुलाई कविताको रुपमा पोख्ने गरेको बताउनुभयो।

डा. बस्ताकोटीले भूकम्पको पीडालाई अनुभूत गरी लेखिएको संग्रहभित्रको “आमा मलाई माफ गरीदेउ” शिर्षकको कविता समेत प्रस्तुत गर्नुभयो। संग्रहभित्रका छानिएका कविता बाचन गर्ने क्रममा कवयित्री सुजाता ढुंगेलले लोकार्पित संग्रहभित्रको “जन्मायौ आमा हुर्कायौ बाबा” शिर्षकको गीति कविता प्रस्तुत गर्नुभयो भने अर्का कवि शिशिर खनालले भुकम्पको बेला घरविहिन बारपाकवासीहरुले हिमपात हुँदा भोग्नुपरेको पीडाबोध समेटिएको कविता “बार्पाकको पीडा वाचन गर्नुभएको थियो ।

नियमित कविता वाचनको सत्रमा अतिथि तथा स्थानीय स्रष्टाहरूले आफ्नो रचना वाचन गर्नुभएकोथियोभने स्थानीय कविहरूले अग्रज स्रष्टाहरूसंग सुझाव समेत माग्नुभएको थियो । कार्यक्रममा अतिथि कविहरू तुलसी दिवस, बसन्त श्रेष्ठ, नीरा शर्मा र इश्वर देवकोटा, ऋषि बस्ताकोटी, नम्रता गुरागाई, शिखर दुलाल, मनोज प्रधान, बिक्रम गौतम, शिशिर खनाल, सुजाता ढुंगेल, सुनिल ढुंगेल, सुबास ढकाल लगायत नर्थ क्यारोलाइनाबसी स्रष्टाहरूले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नर्थक्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष्य मनोज प्रधानले नेपालका बरिष्ठ साहित्यकार प्राध्यापक तुलसी दिवसलाइ नर्थ क्यरोलाइनामा स्वागत गरी उहालाई सम्मान गर्न पाउँदा नर्थ क्यारोलाइनाबासी नेपालीहरू हर्षित भएको र उहाका विचारहरू नर्थ क्यरोलाइना नेपाली साहित्य समाजलाई मार्गदर्शक भएको बताउनुभयो । अध्यक्ष प्रधानले तुलसी दिवसलाई सम्मान गर्दा संस्थाको गरीमा समेत बढेको महसुस भएको बताउंदै यो कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष्य वसन्त श्रेष्ठ तथा अन्य अतिथिहरू र स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू र साहित्य अनुरागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com