विसन गुरुङले जिते बेलायतको बडी बिल्डिङ प्रतियोगिता, पिसिए जित्ने पहिलो नेपाली


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

यूके नेपाल इन्टरनेशनल फेडेरेशन बडी बिल्डिङ लिगका पूर्व महासचिव विसन गुरुङले बेलायतको एक प्रतिष्पर्धामा उपाधि जितेका छन् ।

बेलायतको बर्मिङहम सिटीमा १४ नोभेम्बर २०२१ मा सम्पन्न फिजिकल कल्चर एसोसिएसन (पिसिए) कम्पिटिसनमा आफ्नो तौल क्याटेगोरी र ओभरअलमा च्याम्पियन भएका छन् । बेलायतमा  पिसिए जित्ने उनी पहिलो नेपाली  हुन् ।

विसन सन् २०१४ मा मिस्टर यूके नेपाल, सन् २०१५ मा मिस्टर हिमालयन रनर अप भएका थिए भने सन् २०१८ मा उनले मिस्टर काठमाडौंको उपाधि हात पारेका थिए ।

गुरुङको जीतले बडी बिल्डिङ क्षेत्रमा एउटा इतिहास कायम गरेको यूके नेपाल फेडरेशन बडी बिल्डिङ लिगका अध्यक्ष सुक गुरुङले बताए । गुरुङको जीतले नेपाल र नेपालीहरुलाई थप गर्व तुल्याएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगितामा यूके नेपाल फेडेरेशन बडी बिल्डिङ लिगका अध्यक्ष सुक गुरुङ, तमुधिं लण्डन इकाई तथा स्याङ्जा समाज यूकेका उपाध्यक्ष भरत गुरुङ र रमेश गुरुङको पनि उपस्थिति थियो भने विभिन्न संघ सस्थाले गुरुङलाई सहयोग गर्नुका साथै हौसला प्रदान गरेका थिए ।

विजेता बिसनले बडी बिल्डिङ करिअरमा आफू यहाँसम्म आइपुग्न मिस्टर नेपाल सानु गुरुङ र मिस्टर यूके नेपाल सुक गुरुङको ठुलो योगदान रहेको बताउंदै सहयोगी र प्रेरक व्यक्तित्व सबैप्रति आभार व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com