अमेरिकी भिजिटर भिसा पाउनेमा ४१ औं नम्बरमा नेपाली


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

गत अप्रिल महिनामा अमेरिकाको भिजिटर भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै ४१ औं नम्बरमा परेका छन् । मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई तुलनात्मकहिसाबले अमेरिकाले कम भिसा जारी गरेपनि नेपालका लागि भने उल्लेख्य संख्यामा भिजिटर भिसा जारी गरेको छ । अप्रिल महिनामा १६५६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा (बीवान बीटु) प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

यो पनि पढ्नुहोस्

एक्सक्लुसिभ : नेपाली विद्यार्थीलाई असाध्यै कम अमेरिकी भिसा (संख्यासहित)

अप्रिलमा बीवान र बी टु छुट्टा छुट्ै क्याटेगोरीमा थप ६ नेपालीहरुलाई अमेरिकाले भिसा जारी गरेको छ । नेपालीहरु कतिजनाले भिजिटर भिसाका लागि आवेदन दिएका थिए भन्नेबारे केही नखुलाइएपनि औषतमा हरेक दिन ८० जनाको दरले भिजिटर भिसा उपलब्ध गराइएको छ । नेपालीहरुले औषतमा हरेक दिन २ सय जनाले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिन दुतावास श्रोतको भनाई छ । अप्रिल महिनामा काठमाडौंमा रहेको दूतावासले भने १४८९ जनाका नाममा भिजिटर भिसा जारी गरेको थियो । अप्रिलमा नेपालबाहेक अन्य देशमा रहेका अमेरिकी दूतावासबाट अमेरिकाको भिजिटर भिसा प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य नै थियो ।

यो पनि पढ्नुहोस्

यसरी अगाडि सार्न सकिन्छ अमेरिकी भिसाको अन्तरवार्ता मिति

मार्च महिनामा अमेरिकाको बी क्याटेगोरीमा भिजिटर भिसा पाउने नेपालीहरु अझ धेरै थियो । गतमार्चमा १९८५ जना नेपालीहरुले बी वान बी टु संयुक्त क्याटेगोरीमा भिजिटर भिसा पाएका थिए । मार्चमा बी वान मात्र पाउने थप ६ जना र बी टुमात्र पाउने थप ५ जना रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र मार्चमा १७७४ भिजिटर भिसा जारी गरेको थियो ।

यो महिनामा मुस्लिम बाहुल्य इरानका ९४० जनालाईमात्र बी क्याटेगोरीको भिसा जारी गरिएको छ भने लिबियाका ५० जनालाई भिजिटर भिसा दिइएको छ । त्यस्तै सोमालियाका ८, सुडानका २६७, सिरियाका २२१, यमनका ९१ जनालाईमात्र भिजिटर भिसा दिइएको छ । राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध कार्यान्वयन नभएपनि ती देशका नागरिकहरुलाई भने असाध्यै कम संख्यामा भिसा जारी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो पनि पढ्नुहोस्

अमेरिकी भिसा अस्वीकृत हुनबाट जोगिन र अस्वीकृत भएमा

अप्रिलमा नेपालीले भन्दा धेरै अमेरिकाको भिसा पाउनेहरु अरु ४० देशका नागरिकहरु रहेका छन् । भियतनाम, भेनेजुयला, उरुग्वे, युक्रेन, बोलिभिया, अर्जेन्टिना, टर्की, ट्रिनिडाड, थाइल्याण्ड, साउथ अफ्रिका, साउदी अरेबिया, रसिया, रोमानिया, पोल्याण्ड, फिलिपिन्स, पेरु, पाकिस्तान, नाइजेरिया, मलेसिया, केन्या, जोर्डन, जमैकय, इजरायल, इन्डोनेसिया, इन्डिया, हङकङ, होण्डुरस, हैटी, ग्वाटेमाला, ग्रेट ब्रिटेन, जर्मनी, एल साल्भाडोर, इजिप्ट, इक्वेडर, डोमेनिकन रिपब्लिक, कोस्टारिका, कोलम्बिया, चाइना र ब्राजिलका नागरिकले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com