नेपालका चर्चित गायकहरु होटलमा हाउसकिपर ! (भिडियो सहित)


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

लैंगिक समानतामा आधारित “पाँच मिनेट” नामक भिडियो एन्टेना फाउण्डेशन नेपालले ललितपुरमा आयोजित एक समारोहको बीच सार्वजनिक गरेको छ । जुन भिडियोमा नेपालका चर्चित गायकहरुले काठमाडौंको र्याडिसन होटलमा कोठा मिलाएको हेर्न सकिन्छ । समाजमा विद्यमान लैंगिक विभेदको अन्त्य गर्ने उदेश्य सहितको पाँच मिनेटको यस चेतनामुलक भिडियोका भागहरु प्रत्येक हप्ता संस्थाको युट्यब च्यानल मार्फत प्रसारण गरिने जनाइएको छ ।

“घरका महिला सदस्यहरुले गर्ने भनी अपेक्षा गरिएका कार्यहरु रियालिटी गेम शोको रुपमा यस छोटो भिडियोमा पुरुष पात्रहरुद्धारा गराई लैिंगक विभेद सम्बन्धी परम्परागत मान्यतालाई तोड्ने तथा लैंगिक समानतालाई बढावा दिने उदेश्यले ‘पाँच मिनेट’ भिडियो निर्माण गरिन्छ,” एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक सतिश जंग शाहीले भन्नुभयो ।

एन्टेना फाउण्डेशन नेपालको यस पहिलो पाँच मिनेट भिडियो अंकमा नेपालका प्रख्यात पाँच जना गायकहरुले सहभागिता जनाउनुभएको छ । हेमन्त शर्मा, कमल खत्री, प्रमोद खरेल, धर्मेन्द्र सेवान र विजय लामाको सहभागिता रहेको यस पाँच मिनेट भिडियामा नेपालको आम संचार तथा गायन क्षेत्रका बरिष्ठ व्यक्तित्व राजेन्द्र प्रसाद (रविन) शर्माले प्रस्तोताको भुमिका निर्भाह गर्नुभएको छ । गीत संगीत, सिनेमा, खेलकुद, मिडिया आदि क्षेत्रका चिर परिचित व्यक्तित्वहरु आगामी पाँच मिनेट अंकहरुमा सहभागी हुनुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जम्मा ३९ भागको यस पाँच मिनेट भिडियो कार्यक्रम ऐन्टिना फाउण्डेशन नेपालको फेसबुक पेज मा र युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । एन्टेना फाउण्डेशन नेपाल र फ्रि प्रेस अनलिमिटेडको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको बिप्लव आचार्यले जानकारी दिनुभयो ।

एन्टेना फाउण्डेशन नेपाल देशको पब्लिक ब्रोडकास्टिंगमा समर्पित एक गैर नाफामुलका सस्ंथा हो । यस सस्ंथाले मुख्यतः आफ्ना कार्यक्रमहरुबाट व्यवहार परिवर्तन गर्ने तथा समाजमा चेतना फैलाउने कार्यका साथै मिडियासम्बन्धी वकालत र पैरवी गर्ने तथा क्षमता अभिबृद्धि गर्ने कार्यहरु गर्दछ ।

देशको प्रथम रेडियो लाइभ कुराकानी कार्यक्रम “नेपाल चौतारी”, सबैभन्दा लामो रेडियो नाटक “नयाँ बाटो नयाँ पाइला”, प्रथम घुम्ती रेडियो कार्यक्रम “रेडियो डोको”, हालै प्रसारणरतः “मै सरी सुनाखरी” तथा “हिलकोर” धारावाहिक रेडियो नाटक कार्यक्रम आदि यस संस्थाद्धारा उत्पादित केही रेडियो कार्यक्रमहरु हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com