अहिले पनि ‘कटुवाल’ कै भरमा सूचना


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

;”rgf ;’gfpFb} s6’jfn DofUbL, ! sflQs M DofUbLsf] wjnflul/ ufpFkflnsf–& wf/fkfgLsf s6’jfn xs{lht ljZjsdf{ lrRrfP/ ufpFn]nfO{ ;”rgf k|jfx u/fpFb} . DofUbLsf u|fdL0f If]qdf ;”rgf k|jfxsf nflu s6’jfn kl/rfng ul/G5 . tl:a/ M ;Gtf]if uf}td ÷/f;;

लमजुङ/आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।

यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको कार्यक्रमबारेको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उहाँ गाउँलेलाई सूचना दिने मान्छेअर्थात् कटुवाल हुनुहुन्छ । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिकरुपमा सूचना ९खबर० गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेकाले यस प्रथाको महत्व रहँदै आएको छ ।

घाम्राङ गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।”

वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उहाँको भनाइ छ । गुरुङले गत मङ्सिर महिनाबाट यस गाउँमा सूचना दिने काम अर्थात् कटुवालको काम गर्दै आउनुभएको छ । वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “यस गाउँमा मात्र नभई घाम्राङगाउँ आसपासका घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा समेत कटुवाल कराएरै खबर पु¥याउने गरेको छु ।” गाउँमा जे जस्तो खबर गर्नुपरे पनि ती गाउँमा आफैँ खटिँदै आएको उहाँले भन्नुभयो । ती गाउँमा सूचना दिनका लागि गाउँका चौतारोदेखि अग्लो डाँडा तथा थुक्कोमा बसेर उर्दी गरेपछि गाउँलेले थाहा पाउने गरेको उहाँले सुनाउनुभयो ।

यसरी नै कटुवाल कराएर गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी हुँदै आएको छ । कटुवाल कराएबापत उहाँले गाउँलेबाट सामूहिकरुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँनुहुन्छ । बर्सेनि गाउँमा सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्ने गरिन्छ ।

कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन र परिवारको गुजारा चल्छ । वडाध्यक्ष गुरुङका अनुसार यहाँ प्रत्येक मङ्सिर महिनामा कटुवाल चुन्ने गरिन्छ ।

गाउँमा प्रायःजसो सबैको हातहातमा मोबाइल सेट र इन्टरनेट छ, यसैको माध्यमबाट संसारको खबर प्राप्त गर्ने गरे पनि गाउँका खबर भने कटुवालमार्फत थाहा पाउँदै आएको स्थानीय गमप्रसाद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ परम्पराको चलन कायम रहेकाले यसलाई बचाउनका लागि पनि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।” यी गाउँबाहेक पनि जिल्लाका कतिपय गाउँमा अझै पनि कटुवाल प्रथा कायमै रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com