घान्द्रुक जीप दुर्घटना  : जीप चालकसहित ८ जनाको मृत्यु, एकको सकुशल उद्धार


प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।

यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

घटनामा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

भीरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेका काठमाडौँबाट घुम्नका लागि पोखरा आएको बताइन्छ । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अन्दाजी १ः३० बजेको समयमा हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com