न्युयोर्क राज्यसांसदबाट ६० नेपाली आरोहीलाई सम्मान, संसदबाटै मे २९ लाई ‘सगरमाथा डे’ घोषणा गरिदै


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

न्युयोर्क राज्य सांसद जेनिफर राजकुमारले हाल अमेरिकामा रहेका ६० जना हिमाल आरोहीहरुलाई सम्मान गरेकी छिन् । न्युयोर्कमा आयोजित विशेष समारोहमा आरोहीहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको हो । सोही अवशरमा युएस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हिम आरोही शेर्पाहरुको अदम्य साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाइने राज्य सांसद जेनिफर राजकुमारले घोषणा समेत गरिन् । मे २९ लाई राज्य सांसदबाटै सगरमाथा दिवसका रुपमा घोषणा गर्न राजकुमारले राज्य संसदमा एक रिजोलुसन पेश गर्दैछिन्, जुन यसै सेसनबाट पारित हुने अपेक्षा गरिएको छ ।

सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ को मे २९ मा सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा मे २९ लाई नेपाल र विश्वभर सगरमाथा दिवसका रुपमा मनाउने गरिन्छ । उक्त दिनलाई न्युयोर्क राज्य सांसदबाटै सगरमाथा डेका रुपमा मनाउन रिजोलुशन पारित गर्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिजोलुनि पारित भएपछि विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई अबदेखि न्युयोर्कको राजधानी आल्बानीमा समेत मनाईने राजकुमारले घोषणा गरेकी हुन् ।

राजकुमारले न्युयोर्कमा आयोजना गरेको सम्मान कार्यक्रममा नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले सगरमाथा दिवस मनाउन आगामी वर्षदेखि न्युयोर्क राज्य संसदसँगसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले हिमआरोहीहरुका लागि गरिएको यो सम्मान प्रति आफु अत्यन्त आभारी रहेको बताए ।

कार्यक्रमको एक झलक

कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डाक्टर सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर नबराज केसी, सामाजिक अभियन्ता तथा एडवान् नेपालका संस्थापक डाक्टर बिष्णुमाया परियार, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायन लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डाक्टर सिमा क्यारेट्नया

नेपाल सरकारले मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आएका छन् । विगतका वर्षहरुमा न्युयोर्कमा पनि यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, अमेरिकन अल्पाइन क्लब, एक्सप्लोरर क्लब अफ युएसए, न्युयोर्क सिटी आउटबोण्ड, युनाइटेड शेर्पा एसोसिएसन जस्ता संस्थाहरु सँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आईरहेको छ ।

कार्यक्रममा गिनिज बुकमा कैयन पटक रेकर्ड राख्न सफल नेपाली पार्कर खेलाडी दिनेश सुनार र राज्य सांसद जेनिफर राजकुमार ।

मिसन नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवालीद्वारा संचालित कार्यक्रममा विविध नेपाली सँस्कृति झल्कने कार्यक्रमहरुका साथमा स्वर्गीय तेन्जिङ् नोर्गे शेर्पा र एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी र नोर्बु तेन्जिङ् शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com