बाँसको टहरामुनि भविश्यको ज्योति खोज्दै बालबालिका


प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार

पहिराले विद्यालय भवन भत्केपछि  कलिला बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य छन् । गत भदौ २४ र २५ गतेको पहिराले बागलुङको काठेखोला , सरस्वती प्राथमिक विद्यालयको आठ कोठे भवन क्षतिग्रस्त बनाएको थियो ।

नजिकै सडकछेउ पाल टाँगेर बनाइएका अस्थायी टहरामा  विद्यालयको पठनपाठन भइरहेको प्रधानाध्यापक बलबहादुर थापाले बताउनुभयो । दुई टहरामा कक्षा ५ सम्मका बालबालिकाले आलोपालो गरेर पढ्छन् । “पहिराका कारण छ कोठा पूर्णरुपमा क्षतिग्रस्त भए, बाँकी दुई पनि प्रयोग गर्न नमिल्ने स्थितिमा छन्”, प्रअ थापाले भन्नुभयो, “कुनै विकल्प नभएपछि बालबालिकालाई टहरामा राखेर पढाउन बाध्य भयौँ ।”

टहरा बनाउन रेडक्रस जिल्ला शाखाले दुई, स्थानीय जनएकता सामुदायिक संस्थाले एउटा र गाउँलेले दुई पाल विद्यालयलाई दिएका थिए । बाँस पनि घरगाउँबाट उठाइएको प्रअ थापाले बताउनुभयो । विद्यालय पहिलेदेखि नै पहिराको जोखिममा थियो । पाँच सय मिटरमाथिबाट पहिरो आउँदा विद्यालय पुरिएको हो । भवनमा क्षति पुग्दा विद्यालयको प्रशासनिक कार्यालयसमेत छैन । कक्षाकोठा नहुँदा बालबालिका कठिन स्थितिमा छन् । शिक्षकलाई सिकाइ सहजीकरणका लागि पनि समस्या छ ।

भवन पुनःनिर्माणका लागि गाउँपालिकादेखि प्रदेश सरकारसम्म विद्यालयले निवेदन दिएको छ । केही दिनअघि प्रअलगायतको टोलीले प्रदेशको अर्थ, सामाजिक विकासलगायतका मन्त्रालयमा पुगी मागपत्र पेश गरेको थियो । गाउँपालिकाको विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालयलगायतले पनि विद्यालयमा पुगेको क्षतिको जानकारीसँगै पुनःनिर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थलमा पुग्दा विद्यालयले भोगेको समस्या प्रत्यक्षरुपमा देख्नुभएका नेकपा ९माओवादी केन्द्र० जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले भवन पुनःनिर्माणमा सरकारी तबरबाट तत्काल माग सम्बोधन हुनुपर्ने बताउनुभयो । विद्यालय भवन नहुँदा सबै कक्षाका बालबालिकालाई एउटै टहरामुनि राखेर पढाउनुपर्ने दुःखदायी स्थितिको सिर्जना भएको उहाँको भनाइ छ । व्यवस्थित कक्षाकोठा नहुँदा सिकाइको प्रभावकारिता र गुणस्तर पनि खस्कने चिन्ता छ ।

“गाउँपालिकाका अध्यक्षज्यूलगायतले क्षतिग्रस्त विद्यालय भवनको अवलोकन गरिसक्नुभएको छ, भवन निर्माणका लागि आवश्यक समन्वय गर्छौं भन्नुभएको छ”, प्रअ थापाले भन्नुभयो । गाउँपालिकाले विद्यालय पूरै क्षतिग्रस्त हुँदा पनि तत्काललाई कुनै सहायता उपलब्ध गराएको छैन ।

वडाध्यक्ष खड्क थापा मगरले गाउँपालिकाले संयोजनकारी भूमिका खेलेको र माथिल्लो तहबाट सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । “आर्थिक स्रोत जुटाउनेदेखि जग्गा व्यवस्थापनका काममा गाउँपालिकाले आवश्यक पहल गर्छ”, उहाँले भन्नुभयो । अहिले भवन रहेको क्षेत्रमा पहिराको सधैँ जोखिम हुने देखिएकाले नजिकै पायक पर्ने ठाउँमा जग्गाको खोजी भइरहेको विद्यालयले जनाएको छ । जग्गा किनेरै भए पनि विद्यालयको नयाँ भवन बनाउनुपर्ने अवस्था रहेको प्रअ थापाले बताउनुभयो ।

लामो समयको निषेधाज्ञापछि विद्यालयले भौतिक रुपमै पठनपाठन थालेका छन् । भवन नहुँदा पनि विद्यालयले आफ्ना बालबालिकालाई प्रत्यक्ष सिकाइबाट बञ्चित गरेको छैन । विद्यालयमा ५८ विद्यार्थी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com