मिलान फेसन वीक: इटालियन र स्पानिस डिजाइनरको पोशाकमा र्‍याम्पमा उत्रिइन् प्रतिष्ठा राउत


प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार

यूके निवासी नेपाली मूलकी मोडल प्रतिष्ठा राउत इटलीको मिलानमा आयोजित मिलान फेसन वीकमा इटालियन र स्पानिस डिजाइनरको पोशाकमा र्‍याम्पमा उत्रिएकी छिन् । राउत इटालियन डिजाइनर भ्यालेन्टिना पोल्ट्रोनियरी र स्पानिस डिजाइनर आना बेनभेनुतोको डिजाइनमा र्‍याम्पमा उत्रिएकी हुन् ।

राउतले इटालियन डिजाइनर भ्यालेन्टिनाको डिजाइनमा सेतो स्कर्ट र टिसर्ट तथा स्पानिस डिजाइनर आनाको हरियो ड्रेस पहिरिएकी थिइन् । उनलाई मेक अप गर्ने जिम्मा एकाडेमिया लिलियना पाडुयनो टिमले गरेको थियो । फेशन सप्ताह इभेन्ट साभोले आयोजना गरेको थियो ।

झन्डै दुई बर्षको अन्तरालपछि मिलानमा गत २१ देखि २७ सेप्टेम्बरसम्म मिलान फेसन वीक आयोजना गरिएको थिषे जहाँ सेलिब्रेटी, मोडल र मिडियाहरुको जमघट रहेको थियो । १६ औं शताब्दीदेखि विश्वकै फेसन राजधानीको उपाधि पाएको इटालीको मिलान आफ्नै लयमा फर्किने क्रममा फेसन सप्ताह आयोजना गरिएको हो ।

 

फेसनको राजधानी पुगेर क्याटवाक गर्ने सपना पुरा भयो’ उनले सुनाइन्, ‘विश्वका कयौँ सेलिब्रेटी मोडलहरुसंगै सहभागी हुन पाउंदा धेरै सिकें ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आउँदो १६ अक्टोबर हुने ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ की फाइनलिस्ट प्रतिष्ठा बेलायत अल्डरसटनिवासी हुन् । उनी मिस इंग्ल्याण्ड २०१९ मा सेकेन्ड रनरअप हुन सफल भएकी थिइन् । हङकङमा जन्मिएर ५ वर्षको उमेरदेखि बेलायत बस्ने प्रतिष्ठा १६ वर्षमै मोडलिङ थालेको बताउँछिन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेशाले ‘प्लोर प्लान आर्किटेक्ट’ हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com