नेपालमा ३ हजार जनामा चिनियाँ खोपको परीक्षण गरिने


प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार

नेपालको सरकारले चिनियाँ वालभ्याक्स बायोटेक्नोलोजीले विकास गरिरहेको कोरोना खोपको परिक्षण नेपालमा गर्न अनुमति दिएको छ ।

सो चिनियाँ खोपको तेस्रो चरणको परिक्षण गर्न नेपालले अनुमति दिएको हो ।

वालभ्याक्स र नेपालको साझेदार देउराली–जनता फर्मास्युटिकल प्रा.लि.ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार जनामा खोपको तेस्रो चरणको परिक्षण गर्नेछ ।

उक्त खोप वालभ्याक्स र चीनको इन्स्टिच्युट अफ मिलिटरी मेडिसिनले संयुक्त रुपमा विकास गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com