नेपालमा ३ हजार जनामा चिनियाँ खोपको परीक्षण गरिने


प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार

नेपालको सरकारले चिनियाँ वालभ्याक्स बायोटेक्नोलोजीले विकास गरिरहेको कोरोना खोपको परिक्षण नेपालमा गर्न अनुमति दिएको छ ।

सो चिनियाँ खोपको तेस्रो चरणको परिक्षण गर्न नेपालले अनुमति दिएको हो ।

वालभ्याक्स र नेपालको साझेदार देउराली–जनता फर्मास्युटिकल प्रा.लि.ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार जनामा खोपको तेस्रो चरणको परिक्षण गर्नेछ ।

उक्त खोप वालभ्याक्स र चीनको इन्स्टिच्युट अफ मिलिटरी मेडिसिनले संयुक्त रुपमा विकास गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com