लण्डनमा जारी भूपू गोर्खाकाे अनसन टुंगियो, नेपाल सरकारसँग वार्ता गर्ने बेलायतको प्रतिबद्धता


प्रकाशित मिति : भाद्र ३, २०७८ बिहीबार

बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि बेलायतको लण्डनमा जारी भूपू गोर्खाकाे आमरण अनसन टुंगिएको छ। समान ज्यालालगायतका माग राखी ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ अनसनमा बसेका थिए।

बेलायत सरकार र भूपू गोर्खाहरुबीच सहमतिपछि बेलायतका रक्षामन्त्री लियो डोचर्टीले जुस पिलाएर अनसन तोडाएका हुन्। त्यसअवसरमा बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी तथा उपनियोग प्रमुख रोशन खनाल पनि उपस्थित थिए।

सहमतिअनुसार बेलायती रक्षा मन्त्रालय उपयुक्त तहमा द्विपक्षीय वार्ता समिति गठन गरी समस्याकाे स्थायी समाधान खोज्न सहमत भएकाे छ। वार्तामा भूपू गाेर्खाका प्रतिनिधि पनि सहभागी गराइनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१७ दिनसम्म रिले अनसन बस्दा पनि माग सम्बोधनमा बेलायत सरकारले चासो नदेखाएपछि उनीहरु १३ दिनदेखि आमरण अनसन बसेका थिए। अनसनकारीकाे स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि माग सम्बोधनको पहलका लागि बेलायत सरकारमाथि थप दबाब परेको थियो।

सन् १९९७ भन्दा पहिले अवकाश पाएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन्। त्यसका लागि लामो समयदेखि गोर्खाहरु आन्दाेलनरत छन्।

भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश

यता, नेपालकाे सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षाका लागि तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा बिहीबार दिउँसाे नै अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले अनसनरत नेपाली नागरिक धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे जो गर्नुपर्छ गरी आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश गरेको हो।

‘जीवनको सुरक्षाजस्तो गम्भीर विषयमा नेपाल सरकारले तत्काल ध्यान पु¥याउनुपर्ने देखिन्छ, मानव अधिकार र मानवीय दृष्टिकोणले हेर्दासमेत मानिसको बाँच्न पाउने हक प्राथमिक एवं महत्वपूर्ण रुपमा रहेको हुन्छ’, आदेशमा भनिएको छ, ‘जीउ ज्यानजस्तो संवेदनशील विषयको अवस्थासमेतलाई विचार गर्दा अनसनमा बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको र सो व्यवस्था मिलाउनू।’

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता सञ्जय अधिकारीले अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्दै दायर गरेको रिटको सुुनुवाइपछि उक्त आदेश जारी भएको हो । व्यक्तिको बाँच्न पाउने अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेको हुनाले नागरिकको जीवन सुरक्षाको दायित्व नेपाल सरकारको रहेको भएको आदेशमा छ।

रिट निवेदनमा नेपालको संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १८ को समानताको हकलाई प्रभावहीन हुन नदिन तत्काल उच्चस्तरीय समिति गठन गर्न, वार्तास्थल र वार्ताको समय तोक्न माग गरिएको थियो ।

भूतपूर्व गोर्खा सैनिकले तलब सुविधा पेन्सनसमेतको सम्बन्धमा पटकपटक बेलायत सरकारसमक्ष आफ्नो माग राख्दै समय समयमा विभिन्न आन्दोलन गर्दै आएका छन् । बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयको प्रतिनिधि तथा भूतपूर्व गोर्खा सैनिक सङ्घ÷संस्थाका प्रतिनिधि र नेपाल सरकारको तर्फबाट बेलायतस्थित नेपाली राजदूतसमेत संलग्न रहेको प्राविधिक समितिले पटकपटक छलफल गरेर मार्च २०१८ मा उक्त समस्या वार्ताद्वारा टुङ्ग्याउने सहमति भएको थियो। तर, यतिका समय बितिसक्दा पनि माग पूरा हुन नसकेको उल्लेख गर्दै उनीहरु अनसनमा बसेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com