२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षको कुँवरको शव भोलि नेपाल पठाइने


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार नेपाल पठाउन लागिएको छ । नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी सहित विसकन्सिन बासी नेपालीहरूले मङ्गलवार स्वर्गीय कुँवरलाई श्रद्धाञ्जली दिएका छन् ।

शव सुरक्षित ढङ्गले नेपाल पठाउन भ्याली फ्युनेरल होम एप्पलटोनले आवश्यक व्यवस्था गरिसकेको छ । सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको एनआरएनए अमेरिकाले जनाएको छ ।

सृजन कुवरको शव परिवारका सदस्यलाई बुझाउनु अगाडिसम्म सुरक्षित राख्न र नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले विसकन्सिन च्याप्टरको विशेष पहलमा गोफण्ड मार्फत रकम सङ्कलन गरेको थियो । विसकन्सिन च्याप्टर अध्यक्ष दीपक थापाका अनुसार शव नेपाल पठाउन परिवारको अनुरोध पत्र आएपछि गो फण्डबाट २५ हजार डलर सङ्कलन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फण्डुलेक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो । सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल यूडब्लु माडिसन अस्पताल पठाएको थियो । त्यहाँ पनि कुँवरको उपचार सम्भव नभएपछि अस्पतालले सृजन कुँवरलाई मृत घोषणा गरेको थियो ।

मृत्यु पछि गर्नु पर्ने संस्कारका लागि स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवर अमेरिका आउन नेपाल स्थित अमेरिकी दूतावासमा भिसाका लागि आफ्नो प्रिय छोरा सृजनको प्राण विहीन शरीरलाई एक पटक हेरेर मात्रै मृत्यु संस्कार गर्ने बुवा कृष्णहरि कुँवरको चाहना अनुरूप नै शव नेपाल पठाउन लागिएको एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले जानकारी दिएका छन् । स्वर्गीय कुवरको परिवारको भिसा प्रक्रियामा केही समय व्यतीत हुँदा शव नेपाल पठाउने काम केही दिन ढिलो हुन पुगेको जनाइएको छ ।

काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए । डिभीमार्फत २६ महिना अगाडि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com