न्युयोर्कमा बेरोजगारी विमा रकम नपाएकालाई १५ हजार ६ सय डलरका लागि आवेदन खुला, कागजपत्रविहिन योग्य


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले सहायता रकम प्राप्त गर्नेगरी आवेदन खुला भएको छ ।  यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ भने विभिन्न १३ भाषामा आवेदन उपलब्ध रहेको छ । आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला । 

आवेदन अनलाइनमार्फत नै दिन प्रोत्साहन गरिएको छ भने हुलाकी पत्रमार्फत आवेदन स्वीकार गरिनेछैन । आवेदन दिनेबारे कुनै अन्यौल उत्पन्न भएमा तोकिएका संस्थाहरुबाट सहायता लिन सकिनेछ । तोकिएका संस्थाहरुको सुची यहाँ उपलब्ध रहेको छ ।

नेपाली भाषामा सेवा चाहिएमा न्युयोर्कको म्यानहटन सेभेन्थ एभिन्युमा रहेको कन्सोर्टियम फर वर्कर एजुकेशनमा सम्पर्क गर्न सकिन्छ । उक्त संस्थाको विवरण र सम्पर्क नम्बरको लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै ३ लाख कागजपत्रविहिन कामदारहरु यो कार्यक्रम अन्तरगत रकम प्राप्त गर्न योग्य हुनेछन् । उनीहरुले न्युयोर्कमा बसेको र महामारीका कारण आम्दानी गुमाएको प्रमाण पेश गरेको खण्डमा १५ हजार ६ सय डलरसम्म सहायता रकम पाउनसक्नेछन् । विगतमा राज्य वा संघीय सरकारको कुनै पनि सहायताका लागि योग्य नभएकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो रकमका लागि योग्य हुने हाल न्युयोर्क निवासी हुनुपर्नेछ भने सन् २०२० को मार्च २७ भन्दा अगाडिदेखि न्युयोर्कमा बसोबास गर्दै आएको हुनुपर्नेछ । त्यस्तै सन् २०२० को फेबु्रअरी २३ पछि र अप्रिल १ २०२१ को बीचमा कोरोनाको महामारीका कारण कम्तीमा ५० प्रतिशत आम्दानी गुमाएको हुनुपर्नेछ ।

त्यस्तै अप्रिल २०२१ भन्दा अगाडिको १२ महिनामा २६ हजार २ सय ८ डलरभन्दा कम आम्दानी गरेको हुनुपर्नेछ ।

न्युयोर्क राज्यमा बसोबास गरेको, सन् २०१८, २०१९ वा सन् २०२० को ट्याक्स रिटर्न देखाउन सकेको वा काम गर्न नसक्नुको कारणसहित रोजगादाताले लेखेको पत्र वा महामारीका कारण आम्दानी गुमाउनुभन्दा ६ माहिनाभित्रको ६ हप्ताको पे स्टब पेश गर्न सकेको खण्डमा १५ हजार ६ सय डलरसम्म पाउन सकिनेछ । त्यस्तै सन् २०१९ वा २०२० को डब्लु टु वा १०९९ पेश गरेको खण्डमा पनि १५ हजार ६ सय डलरसम्म पाउन सकिनेछ ।

तोकिएका कागजात नभएको खण्डमा पनि ३२ सय डलरका लागि योग्य हुन सकिनेछ ।

गतबर्षको मार्चपछि २४ हप्ताका लागि बेरोजगार भएको अनुमान गरेर उनीहरुलाई रकम प्रदान गरिनेछ । यसरी रकम प्रदान गर्दा औषतमा साप्ताहिक ३ सयका दरले रकम प्रदान गरिनेछ ।

कागजात प्रमाणिकरण प्वाइन्ट प्रणालीबाट गरिनेछ । परिचय प्रमाणित गर्न ४ प्वाइन्ट डकुमेन्ट आवश्यक हुन्छ । म्याद नसकिएको ड्राइभर लाइसेन्स वा स्टेट आईडी वा आईडीएनवाईसी कार्ड वा अमेरिकी पासपोर्ट भएको खण्डमा ४ प्वाइन्ट प्राप्त हुन्छ ।

अमेरिकाबाहिरको पासपोर्ट ३ प्वाइन्ट, मानसिक स्वास्थ्य कार्यालयले जारी गरेको परिचयपत्र २ प्वाइन्ट, विवाहको प्रमाणपत्र १ प्वाइन्ट, डिभोर्सको प्रमाणपत्र १ प्वाइन्ट, न्युयोर्क सिटीको पार्क प्रवेशको कार्ड १ प्वाइन्ट, अमेरिकाबाहिरको जन्मदर्ता प्रमाण १ प्वाइन्ट, अमेरिकाबाहिरको सरकारी परिचयपत्र वा कन्सुलेट कार्ड १ प्वाइन्ट, डिप्लोमा ट्रान्सक्रिप्ट १ प्वाइन्ट प्राप्त हुनेछ ।

मार्च २७, २०२० भन्दा अगाडि न्युयोर्कमा बसेको प्रमाणित गर्नका लागि म्याद नसकिएको ड्राइभर लाइसेन्स वा स्टेट आईडी वा आईडीएनवाईसी कार्ड देखाउन सकिनेछ । यदि ती कागजात नभएको खण्डमा मार्च २७, २०२० भन्दा अगाडिको युटिलिटी बिल, बैंक वा क्रेडिट कार्ड स्टेटमेन्ट, लिज, मोर्गेज स्टेटमेन्ट वा सम्पत्ति ट्याक्स स्टेटमेन्ट, न्युयोर्क सिटी हाउजिंग अथोरिटीले लेखेको पत्र, होमलेस सेल्टरले लेखेको पत्र, होमलेस सेवा प्रदान गरेको गैर नाफामुलक संस्थाले लेखेको पत्र लगायतका कुनै दुईपवटा प्रमाण पेश गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com