विद्युत प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तनकाे तयारी, पुनः कुलमान घिसिङलाई ल्याइँदैछ ?


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्दैशक परिवर्तन गर्ने भएकाे छ। केपी ओली नेतृत्वको सरकारद्वारा नियुक्त गरिएका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गर्न लगाई पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी सरकारकाे छ।

मंगलबार उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यकारी निर्दैशक शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेर राजीनामा दिन आग्रह गरेकी थिइन्। शाक्यको कार्यसम्पादनप्रति वर्तमान सरकारले असन्तुष्टि व्यक्त गरेको छ।

मन्त्री भुसालले शाक्यको कार्यमा सुधार नदेखिएको ब्रिफिङ प्रधानमन्त्री देउवालाई गरेकी थिइन्।

शाक्यप्रति के–केमा असन्तुष्टि?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिएको आरोप पनि सरकारले शाक्यलाई लगाएकाे छ।

पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको मन्त्रालयको बुझाइ छ।

प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले चासो व्यक्त गरेको हो। झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको विद्युत् चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ। अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ।

कार्यकारी निर्दैशक शाक्यले देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिएको आराेप पनि लगाइएको छ।

पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियाे। कार्यकाल सकिएपछि पनि पुनः उनैलाई नियुक्त गर्नुपर्ने चर्काे जनदबाब तत्कालीन सरकारलाई परेकाे थियाे। साेहीकारण केपी ओली नेतृत्वको सरकारले ५ महिनासम्म पदपूर्ति गरेन। त्यसपछि २७ माघ २०७७ मा शाक्यलाई नियुक्त गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com