माघभित्र ५ करोड खोप ल्याउने स्वास्थ्य राज्यमन्त्रीको कार्ययोजना (पूर्ण विवरणसहित)


प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गरेका छन्। सोमबार स्वास्थ्यमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले खोप खरिद तथा वितरण आफ्नो प्राथमिकता रहेको बताए। उनले आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने जानकारी दिए।

श्रेष्ठले हालसम्म नेपालमा अनुदान, कोभ्याक्ससुविधा र खरिद गरि ९७ लाख डोज खोप नेपाल आएको र त्यसमध्ये आइतबारसम्म ६२ लाख १७ हजार ९९२ डोज खोप लगाइसकिएको जानकारी दिए।

मन्त्री श्रेष्ठले हाल केन्द्रीय स्टोर टेकुमा ३ लाख ५० हजार डोज, प्रदेशका स्टोरहरुमा १३ लाख र ७७ वटै जिल्लामा १८ लाख डोज खोप मौज्दात रहेको भन्दै हाल प्रत्येक दिन दुई लाखदेखि तीन लाख डोजसम्म खोप लगाउने काम भइरहेको बताए।

वयस्क तथा किशोर–किशोरीलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु गरेको पनि उल्लेख गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्यमन्त्री श्रेष्ठले १ करोड १० लाख खोपको भुक्तानी प्रक्रियामा रहेको र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको बताए।

‘एक तिहाई नागरिकलाई असोज मसान्तसम्म र सम्पूर्ण नेपालीलाई चैत मसान्तसम्म खोप लगाइसक्ने सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिबद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले कार्ययोजनामा भनेका छन्, ‘खोप खरिद र उचित व्यवस्थापन गरी तथा वितरण प्रणालीमा अविलम्ब आवश्यक सुधार गरी निर्धारित समयभित्रै सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले खोप कूटनीतिलाई पनि उच्च प्राथमिकता दिने उल्लेख गर्दै सरकारले पहिलो चरणमा कोभिशिल्ड लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनिका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिने पनि जनाएका छन्।

राज्यमन्त्री श्रेष्ठको कार्ययोजनाको विस्तृत विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

स्वास्थ्य राज्यमन्त्रीकाे कार्ययाेजना

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com