दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ ।

सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयानुसार आयोगले जेठ १९ देखि सुरु हुने गरी तालिका प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णयानुसार असार २ गतेदेखि सुरु हुने नयाँ निर्वाचन तालिका प्रकाशन गरिएको हो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com