विश्वभरबाट जनसम्पर्क समितिले उठाए कोरोनाबिरुद्धको लडाईमा १ करोड ३२ लाख


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन अनुरुप कोरोनाबिरुद्धको लडाईमा विश्वभरका नेपाली जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका छन्। कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलनका निम्ति विश्वका विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिहरुको संयोजन नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले गरेका थिए ।

यो रकम विभिन्न २७ मुलुकका जनसम्पर्क समितिहरुले संकलन गरेका हुन्। सभापति देउवाले जेठ २ गते सबै जनसम्पर्क समितिका अध्यक्षहरुलाई कोभिड रोकथाम एवं उपचारका लागि सहयोग गर्नेगरी आर्थिक संकलन गर्न निर्देशन दिएका थिए।

सभापति देउवाको निर्देशन अनुरुप जनसम्पर्क समितिका सभापतिहरुले आ आफ्नो मुलुकबाट यसरी रकम संकलन गरेका हुन्। संकलित रकम पार्टीले तोकेको बैंक खातामा जम्मा गरिसकिएको विष्टले जानकारी दिए ।

पार्टीको परिपत्र र निर्देशन प्राप्त भएपछि पार्टीद्वारा सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा गठित कोभिड १९ अनुगमन समिति,नेपाली जनसम्पर्क समन्वय समिति,सबै मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एनआरऐनमा आवद्ध कांग्रेस निकटहरुसंग सामुहिक छलफल गरी रकम संकलन सुरु गरिएको थियो। डाक्टर महत,केन्द्रीय सदस्य एन पी साउद र जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराईसमेत सबै अध्यक्ष र एनआरएनका सदस्यहरु सहभागी संयुक्त बैठकले जनसम्पर्क समितिहरुको तर्फबाट रकम संकलनका लागि समन्वय गर्नेगरी विष्टलाई संयोजनको जिम्मेवारी दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टीको आव्हान र निर्देशन अनि नेतृत्व तहमा रहनु भएका सबैको प्रतिनिधि भएर यो जिम्मेवारी बहन गर्न पाउँदा पार्टी सिपाहीको नाताले आफूलाई व्यक्तिगत रुपमा गौरवको महसुस भएको बिष्टले बताए । बिष्टले भने – ‘यसका लागि म सबै मेरा परम मित्र तपाईं सभापतिज्यूहरुप्रति आभार व्यक्त गर्दछु।’

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

यो अभियानलाई तत्काल पहलकदमी लिई आ आफ्नो मुलुकबाट जे जति रकम संकलन गरी पार्टी कोषमा जम्मा गर्न सकियो त्यसले संकटको बेला जनसम्पर्क समितिको भूमिका अझ गहन हुने रहेछ भन्ने थप पुष्टी गरेको बिष्टको भनाई छ। बिष्टले भने – ‘यसका लागि सबै जनसम्पर्क समितिका नेतृत्व तहका साथीहरु बधाईका पात्र हुनुहुन्छ। आगामी दिनमा पनि हामी यसैगरी होष्टेमा हैंसे गर्दै सामुहिक एकताभावले अघि बढ्दै हाम्रो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेछ।’

यो अभियानमा नेपाली जनसम्पर्क समितिहरुले अमेरिकाबाट ४८ लाख, जापानबाट झण्डै ११ लाख ६७ हजार, जर्मनीबाट झण्डै ८ लाख, बेल्जियमबाट ७ लाख ७५ हजार, बेलायतबाट ६ लाख ६५ हजार, साइप्रसबाट झण्डै ५ लाख ४१ हजार, पोर्चुगलबाट झण्डै ४ लाख ५३ हजार, कोरियाबाट झण्डै ४ लाख ३९ हजार, हङकङबाट झण्डै ४ लाख २२ हजार, कतारबाट ३ लाख ५० हजार रुपैया संकलन गरेका थिए ।

त्यस्तै युएइबाट ३ लाख ५० हजार, डेनमार्कबाट ३ लाख २७ हजार, स्पेनबाट २ लाख ६२ हजार, अष्ट्रेलियाबाट २ लाख ३२ हजार, नर्वेबाट २ लाख १५ हजार रुपैया संकलन गरिएको छ । आयरल्याण्ड, क्यानडा र साउदी अरबबाट दुई दुई लाख रुपैया संकलन गरिएको छ । त्यस्तै कुबेतबाट १ लाख ५० हजार, बहराइनबाट। १ लाख १५ हजार संकलन भएको छ भने इजरायल, मलेशिया, फ्रान्स, ओमन र स्वीट्जरल्याण्डबाट एक एक लाख रुपैया संकलन भएको छ । न्यूजिल्याण्ड र माल्टाले पचास पचास हजार संकलन गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com