न्युयोर्कमा पहिलो डा. हर्क गुरुङ स्मृति भलिबल कप, ३ हजार डलर पुरस्कारसहित सिन्धुको जीत


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

गुरुङ सोसाईटी ईन्क यूएसएले आयोजना गरेको पहिलो डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ। कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीम माथि ३-२ सेटको जीत निकालेको हो ।

विजेता टिमले ३ हजार डलर राशीको नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हासिल गरेको छ भने दोश्रो हुने म्याग्दी भलिबल टीमले २ हजार डलर राशीको नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हासिल गरेको छ।मेमोरियल डे को अवसर पारेर न्यूयोर्क राज्यको लङ आइल्याण्ड सिटी क्वीन्स ब्रिज पार्कमा प्रतियोगिता गरिएको हो ।

प्रतियगितामा आयोजक भलिबल टीम सहित न्यूयोर्कको विभिन्न आठ भलिबल टीमहरू र मेरील्याण्ड ,न्यूजर्सी राज्यबाट एकएक भलिबल टीमको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन आयोजक संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरुङले गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगिता सुरु हुनु भन्दा अगाडि स्वर्गीय डा. हर्क गुरुङ र हालको कोरोना महामारीमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दै गरिएको थियो । खेलप्रेमी नेपालीदर्शकहरूको उल्लेख्य उपस्थीति रहेको प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र अमेरीकाको राष्ट्रिय गीतको प्रस्तुती पछि रेफ्रीहरु दीपक रोका मगर र प्रेम हमाल ठकुरीलाई भलिबल प्रदान गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो।

प्रतियोगितामा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ अमेरीका अध्यक्ष लोक चेम्जोङ लिम्बु, विशेष अतिथिहरु सिटी काउन्सिल सदस्य उम्मेदबार एन्डी चेन, एनआरएनए न्युयोर्क च्याप्टरका नव निर्वाचित अध्यक्ष आङछिरिङ शेर्पा, तमु प्ये ल्हु संघ न्युयोर्कका अध्यक्ष मिलन गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

संस्थाका अध्यक्ष विजय गुरूङले भलिबल प्रतियोगिताका विजेताहरुलाई र संस्थापक अध्यक्ष तुलसी गुरूङले आमा समूहको दौड प्रतियगिताका विजेताहरूलाई पुरस्कारहरु हस्तान्तरण गरे । समापन समारोहको संचालन संस्थाका सह सचिव तोरण गुरूङले गरेका थिए । कार्यक्रमको समापन समारोहमा डीजे जाङबु शेर्पाले सांगितिक मनोरञ्जन दिलाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com