‘एमालेबिरुद्ध चौतर्फी घेराबन्दी’


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिए पनि स्थानीय तहको निर्वाचनमा जनताले एमालेप्रति विश्वासले पार्टीले उचाइ लिएको बताउनुभएको छ ।

पार्टी निकट युवा सङ्घ नेपालले आयोजना गरेको दोस्रो चरणको निर्वाचन केन्द्रित युवा परिचालन अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले जनताले निर्वाचनमा पार्टीलाई गरेको विश्वास र भरोसालाई कायम राखी इमान्दारीका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको सहकार्य र समन्वयमा दोस्रो चरणको स्थानीय तहका साथै प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा सङ्क्रमणकालको अन्त्य गर्न निर्धारित समयमा सबै तहको चुनाव गर्नुपर्ने र त्यसका लागि राजनीतिक दल एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएपछि देशमा आर्थिक गतिविधिमा वृद्धि भई गरिबी तथा पछौटेपनाको न्यूनीकरण हुने र जनतालाई समृद्धशाली बनाउन सकिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीका समस्यालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेर समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

पार्टीका नेता सानु श्रेष्ठ तथा युवा सङ्घका अध्यक्ष राजीव पहारीले जनप्रतिनिधिलाई
भ्रष्टाचारमुक्त भई आधुनिक सहर बनाउन सुझाव दिँदै निष्पक्ष चुनाव सम्पन्न गर्नका लागि देशका विभिन्न स्थानमा युवा परिचालन गर्न लागिएको जानकारी गराउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com