खोप लगाएकाहरू भन्छन् – ‘बाच्ने आशा जाग्यो’


प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

भारतसँग सिमाना जोडिएको पश्चिम तराईको कैलाली जिल्लाका विभिन्न वस्तीमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या हजारौँ रहेको छ भने सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या पनि २०० भन्दा बढी पुगिसकेको छ । घोडाघोडी नगरपालिका–३ मा रहेको दरख स्वास्थ्य चौकीमा पुगेर कोरोनाविरुद्धको दोस्रो खोप लगाउनुभएका पत्रकार वीरेन्द्र शाह निकै खुशी देखिन्थिए । जिल्लामा बढ्दो सङ्क्रमण र मृत्युका खबर सुनेपछि घरपरिवारबाट समाचार सङ्कलन गर्न जाँदा समेत गरिने चिन्ताले उनमा तनाब बढेको थियो ।

कोरोनाविरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएपछि समाचार सङ्कलनमा सावधानी अपनाउँदै निस्के पनि घरपरिवार जस्तै आफूलाई पनि चिन्ता हुने गरेको शाहले बताए । खोपको दोस्रो मात्रा लगाइसकेपछि भने पत्रकार शाहलाई आफ्नो कर्ममा खटिन थप आत्मबल बढेको छ भने घरपरिवारमा समेत चिन्ता हटेको छ । खोपको पहिलो मात्रा लगाइसकेपछि खोपको उत्पादन गर्ने भारतमै खोपको अत्यधिक माग बढेपछि नेपालमा थप खोप आउने नआउने अन्योलताका बीच खोपको दोस्रो मात्रा ल्याएर नागरिकको जीवनरक्षामा सरकार गम्भीर भएको देख्दा राज्य भएको अनुभूति भएको शाहको भनाइ छ ।

कोरोनाविरुद्धको खोपको एकै मात्रा मात्र लगाएकाहरूमा पनि सङ्क्रमणको बढी जोखिम हुने जस्ता समाचार सुनेर आत्तिएका सरसफाइ कर्मचारी बुधराम चौधरीलाई पनि कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएपछि चिन्ता हटेको छ । दैनिक फोहर सङ्कलन र व्यवस्थापन गर्न बजारका गल्लीगल्ली हिँड्नुपर्ने हुँदा उनी निकै आत्तिएका थिए । “काम नगरे भोकै मर्ने डर थियो त काम गर्दा कोरोना सर्ने चिन्ता थियो”, उनी भन्छन्, “तर अब भने दोस्रो मात्राको खोप लगाइसकेपछि केही सावधानी अपनाए कोरोना सङ्क्रमण हुने कुराको चिन्ता हटेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रो चरणको खोपको मात्रा लगाउने बारे नगरपालिकाले स्थानीय रेडियोमा बजाएको सन्देश सुनेदेखि नै खोप लगाउन उत्साहित सीता रावललाई खोप लगाइसकेपछि आनन्द महसुश भएको छ । उनी भन्छन्, “पहिलो खोप लगाएर बसेको आफूलाई दोस्रो खोप कहिले लगाउन पाइएला र ढुक्क रहुँला भन्ने थियो आज आएर त्यो पनि सरकारले पूरा गरिदियो ।” सरकारले अब सबै जनतालाई छिटोभन्दा छिटो खोप लगाएर जनताको जीवनरक्षा गर्नुपर्ने उनको भनाइ छ ।

एकै दिन दरख स्वास्थ्य चौकीमा ६५ जनाले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए । शुरुशुरुमा कोरोनाविरुद्धको खोपका बारेमा फैलिएको भ्रमका कारण धेरैले खोप नलगाए पनि पछि विस्तारै सबैको खोपप्रतिको विश्वास बढ्दै गएकाले खोप लगाउनेहरूको सङ्ख्या घोडाघोडीमा उल्लेख्य मात्रामा रहेको रावतले जानकारी दिए ।

खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको लागि समय कुरेर बस्नेको सङ्ख्या सात हजारभन्दा बढी रहेको छ । दोस्रो मात्राको खोप लगाउन बाँकी भएकाहरू सरकारले छिट्टै खोप ल्याइदिने र लगाएर ढुक्क हुने दिनको पर्खाइमा रहेको रावतले बताए । कोरोनाविरुद्धको खोप लगाउन आउनेहरूले छिट्टै खोप ल्याएर लगाइदिएका कारण सरकार र खोप लगाउन खटिएका स्वास्थ्यकर्मीलाई दिने स्याबासीले काममा ऊर्जा थपिएको भन्दै रावतले खुसी व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com