नेपालका प्रधानमन्त्री र राष्ट्रपतिको कदमबिरुद्धको लडाईमा अमेरिकाका ६ नेपाली संस्थाको ऐक्यवद्धता


प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार

नेपालमा प्रतिनिधिसभा विघटनाको कदमबिरुद्ध अमेरिकामा रहेका ६ वटा मुख्य संस्थाहरुले वक्तव्य जारी गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मंच अमेरिकाका अध्यक्ष टेक गुरुङ, जन प्रगतिशील मंच अमेरिकाका अध्यक्ष नारायण कंडेल, नेपाली समाज अमेरिकाका अध्यक्ष समीर महर्जन र नेपाली मधेशी एशोसियसन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले वक्तव्यमार्फत प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरेका हुन् ।

नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा भएको कदम षड्यन्त्रकारी र दुरासययुक्त राजनीतिक घटनाा भएको भन्दै उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आम नेपाली नागरिकको लामो संघर्ष र आन्दोलनबाट प्राप्त वर्तमान संविधान र यसको भावनामाथि कुठाराघात गर्ने गरी गरिएको प्रतिनिधि सभा विघटन प्रकरणले प्राप्त उपलब्धीलाई नै खतरामा पुर्याएको उनीहरुको भनाई छ ।

वक्तव्यमा भनिएको छ – ‘संविधानमा प्रष्ट उल्लेख गरिएको विषयलाई समेत बेवास्ता गर्दै राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनस् नियुक्त गर्नु, प्रतिनिधि सभाका बहुमत सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको विकल्प दिन्छौं भनेर हस्ताक्षरसहित पेश गरेको प्रमाणलाई आधार नमानी बदनियतपूर्वक जसरी षडयन्त्रको गोटी चालियो यस प्रकरणबाट पनि केपी ओली र राष्ट्रपति भण्डारी स्वेच्छाचारी गतिवधितर्फ उन्मूख भएको प्रष्ट हुन्छ।’

‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबाट भएको यो कार्य प्रतिगमनकारी छ। उहाँहरुको यो स्वेच्छाचारी,असंबैधानिक,अलोकतान्त्रिक र निरङ्कुश कार्यको हामी संयुक्त रुपमा घोर भर्त्सना र निन्दा गर्दछौं। यस किसिमको प्रतिगामी कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले परिकल्पना गरेको भविश्यमाथि नै प्रहार गरेको हाम्रो ठहर छ।’ – वक्तव्यमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वक्तव्यमा अगाडि भनिएको छ – ‘आफ्नो निरङ्कुश सत्ता र स्वेच्छाचारी शासन लम्ब्याउन केपी ओलीले गरेको यो हर्कत लोकतन्त्र पक्षधर हामी सबैका लागि अस्वीकार्य छ। जन प्रतिनिधि संस्थालाई विघटन गर्ने र आफ्नो शासन सत्ता लम्ब्याउन प्रतिगमनकारी गतिविधि गर्ने,अध्यादेशबाट शासन चलाउन उद्यत हुने केपी ओलीको यो शैली घोर निरङ्कुश छ।  नेपालको संविधान,प्रतिनिधि सभा र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस,नेकमा (माओवादी), नेकपा एमाले (माधव नेपाल समूह),जसपा नेपाल र राजमोले संयुक्त रुपमा सुरु गरेको कानुनी र राजनीतिक लडाईंका प्रति हामी अमेरिका प्रवासमा रहेका तपसिल बमोजिम संघ,संस्था र भातृ संगठनका तर्फबाट पूर्ण समर्थन र ऐक्यबद्धता जाहेर गर्दछौं।’

‘कोरोना संक्रमणबाट आम सर्वसाधारण नागरिक दैनिक प्रताडित बन्दै गरेको र विश्व समुदाय नै नेपालमा फैलिएको यो महामारीका प्रति चिन्तित बन्दै गैरहेको वर्तमान अवस्था एकातिर छ। तर जनताको स्वास्थ्यका प्रति कुनै चासो नदिई निरङ्कुश सत्ता अभ्यासमा अघि बढ्नु नै केपी ओलीको पहिलो प्राथमिकता देखिएको छ।’ –  संयुक्त वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा अझ अगाडि भनिएको छ – ‘हामी यस किसिमको अत्यन्त गैर जिम्मेवार कार्यको समेत निन्दा गर्दछौं। सिंगो मुलुक नै कोरोनासँग लडिरहेको यो संकटको घडीमा राष्ट्रप्रमूख र सरकार प्रमूखको मिलिभगतमा भएको राजनीतिक अराजकताको विरुद्ध हामी संयुक्त रुपमा प्रतिवादमा उत्रन आम लोकतन्त्र पक्षधर सबैमा हार्दिक आव्हान समेत गर्दछौं।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com