बेलायतसमक्ष नेपालमा अक्सिजन सहयोगको आग्रह गर्दै हस्ताक्षर अभियान, हस्ताक्षरकर्तामा सिलेब्रेटीहरु


प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार

बेलायत सरकारसमक्ष नेपालमा अक्सिजन लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । उक्त अभियानमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरुसहित बेलायती सिलेब्रेटीहरु समेतले हस्ताक्षर गरेका छन् ।

कलाकारहरु एडजोआ एन्डोह, जोआना लुम्ले, अमृता अचारिया लगायत बेलायती वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, आरोही, गोर्खा र नेपालका शुभचिन्तकहरुले नेपाललाई अक्सिजन उपलब्ध गराउन बेलायती विदेश मन्त्री डोमिनिक राबसमक्ष आग्रह गर्दै हस्ताक्षर गरेका छन् । कोभिड १९ का कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनसहित आपतकालिन औषधि सहयोग गर्न समेत माग गरिएको छ ।

तपाईपनि यो अभियानमा सहभागी हुँदै हस्ताक्षर गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

बेलायती विदेशमन्त्री डोमिनिक राब । फोटो: रिचार्ड टाउनशेण्ड

हस्ताक्षरकर्तामा सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियू पोलार्ड, निकोलस हवाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्याण्डी डगलस, पांच जिवित भिसी विजेतामध्ये एक क्याप्टेन रामबहादुर लिम्बु समेत छन् । चेन्ज डट ओर्गमार्फत सुरु गरिएको हस्ताक्षर अभियान कोभिड एलाइन्स फर नेपाल युकेले सुरुवात गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चर्चित बेलायती सिलेब्रेटी जोअन्ना लुम्ले । फोटो: सी ली

पर्वतारोही, ब्रोडकास्टर्स, फिल्म निर्माता, सैनिक, लेखक र प्राध्यापकहरु पनि अभियानमा जोडिएका छन् । हस्ताक्षरकर्ताहरुले ब्रिटिश सरकारलाई तत्काल अतिआवश्यक अक्सिजन सामग्री र अन्य औषधि सहयोग गर्न अपिल गरेका छन् ।

“बेलायत र नेपालबीच शताब्दीऔं लामो पृथक र पुरानो सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुःखमा एकसाथ हुने बेला आएको छ,” पत्रमा भनिएको छ ।

सर क्रिस बोनिङटनले भनेका छन्, “म आफैंले देखेको छु कि नेपालको पहाडी भेगबाट आएका नेपालीले ब्रिटेनका लागि वर्षौंदेखि कति योगदान गरेका छन् भनेर । मलाई आशा छ नेपालीको दुःखमा बेलायत सरकारले सहयोग गर्ने छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com