उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म थप, पार्टी प्यालेसमा समेत कार्यक्रम गर्न नपाइने


प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार

काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका अनुशार नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा आगामी दुई सातासम्म निषेधाज्ञा थप गरिएको हो ।

बिहिबारदेखि लागु हुनेगरी निषेधाज्ञामा विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरू होटल वा पार्टी प्यालेसमा समेत गर्न नपाइने भएको छ । तर खाद्य सामाग्रीहरुका लागि स्टोरहरु भने विहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने भएको छ ।

निषेधाज्ञामा उपत्‍यकाभित्र अत्यावश्यकबाहेकका सम्‍पूर्ण कार्यालय बन्‍द गर्ने र नीजि निर्माणका सामाग्री लिन प्रयोग गर्ने सवारी साधन पनि चलाउन नपाइने काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले  बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सोमवार सिफारिस गरेको थियो। उक्त सिफारिस लगत्तै निषेधाज्ञा थपको निर्णय गरिएको हो ।

कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो। पछि त्यसलाई कडा बनाउँदै एक हप्ता थपेर वैशाख मसान्तसम्मका लागि बढाइएको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com