१० मिलियन डलरसम्मको तिर्न नपर्ने ग्राण्टका लागि व्यवसायहरुले आजदेखि आवेदन दिनसक्ने


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

अमेरिकी सरकारको एसबीएले रेष्टुरेण्टहरुका लागि छुट्याएको २८ दशमलव ६ बिलियन डलर फण्डका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । रेष्टुरेण्ट पुनरुद्धार फण्ड नामको यो रकम १ दशमलव ९ ट्रिलियन डलरकै राहत प्याकेजमा समेटिएपनि एसबीएले आवेदन लिन सुरु गरेको भने थिएन ।

कोरोना महामारीका कारण रेष्टुरेण्ट उद्योग सबैभन्दा नराम्ररी प्रभावित भएको थियो । जसका कारण न्युयोर्क लगायत अमेरिका भर रहेका कैयन नेपाली रेष्टुरेण्टहरु पनि अस्थायीरुपमा बन्द गर्नुपरेको थियो भने केही रेष्टुरेण्टहरु स्थायी रुपमा नै बन्द भइसकेका छन् ।

रेष्टुरेण्ट, फुड ट्रक, फुड कार्ट, फुड स्ट्याण्ड, बार, शैलुन, लाउन्ज, स्न्याक र नन अल्कोहोलिक बार, बेकरी, बु्रअरी, वाइनरी, इन्स लगायतका विजनेशहरु यो ग्राण्टका लागि योग्य हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेष्टुरेण्टहरुले आजदेखि दर्ता गराउनसक्ने भएका छन् भने एसबीएले मे ३ सोमबार अपरान्हदेखि आवेदन स्वीकार गर्न सुरु गर्ने जनाएको छ । यो फण्ड अन्तरगत एउटा विजनेशले १० मिलियन डलरसम्म प्राप्त गर्नसक्नेछन् । तर एउटा लोकेशनका लागि भने अधिकतम ५ मिलियन डलरसम्म प्रदान गरिनेछ । न्यूनमत १ हजार डलरसम्म प्रदान गरिनेछ ।

खर्च गर्न पाइने योग्य खर्चहरुमा सन् २०२३ को मार्च ११ सम्म रकम प्रयोग गरेको खण्डमा उक्त रकम फिर्ता गर्नु नपर्ने वा तिर्नु नपर्ने एसबीएले जनाएको छ । यो फण्डका लागि विजनेश ट्याक्स रिटर्न, बैंक स्टेटमेन्ट , नाफा घाटाको विवरण लगायतका कागजातसहित आवेदन एसबीएमार्फत नै दिन सकिनेछ ।

मे ३ देखि २१ दिनसम्म महिला, भेटेरान, सामाजिक र आर्थिक रुपमा वञ्चित लगायतका आवेदनलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि सबैका लागि आवेदन खुला हुनेछ ।

सन् २०१९ को जनवरी १ वा त्यो भन्दा अगाडिदेखि नै संचालिन विजनेशहरुका सन्दर्भमा सन् २०१९ को कुल आम्दानीमा सन् २०२० को कुल आम्दानी घटाएर त्यसमा पीपीपी अन्तरगतको रकम घटाइनेछ । र बाँकी रकम फण्डका रुपमा दिइनेछ ।

उदाहरणका लागि सन् २०१९ मा कुल आम्दानी एकलाख डलर गरेको विजनेशले सन् २०२० मा कुल आम्दानी ३० हजार डलर गरेको छ भने सन् २०१९ को कुल आम्दानीबाट २०२० को कुल आम्दानी घटाउँदा ७० हजार डलर हुनेछ । पीपीपीबाट ५ हजार डलर पाएको छ भने उक्त रकम पनि घटाउँदा ६५ हजार डलर हुनेछ । र विजनेशले त्यही ६५ हजार डलर फण्डबापत प्राप्त गर्नेछ ।

सन् २०१९ मा आंशिक रुपमा संचालित विजनेशका सन्दर्भमा औषत मासिक आम्दानीलाई १२ ले गुणा गरेर आउने रकममा सन् २०२० को कुल आम्दानी घटाएर त्यसमा पीपीपी अन्तरगतको रकम घटाइनेछ । र बाँकी रकम फण्डका रुपमा दिइनेछ ।

उदाहरणका लागि सन् २०१९ को नोभेम्बरबाट संचालित विजनेशले २ महिनामा २० हजार डलर आम्दानी गरेको छ भने उक्त विजनेशको औषत मासिक आम्दानी १० हजार डलर हिसाब गरेर २०१९ को बार्षिक आम्दानी १ लाख २० हजार डलर कायम गरिनेछ । त्यसमा सन् २०२० को कुल आम्दानी घटाइनेछ । यदि सन् २०२० को कुल आम्दानी ३० हजार डलर गरेको छ भने सन् २०१९ को कुल आम्दानीबाट २०२० को कुल आम्दानी घटाउँदा ९० हजार डलर हुनेछ । त्यसमा पीपीपीबाट पाएको रकम घटाएर बाँकी रकम फण्डका रुपमा प्राप्त हुनेछ ।

सन् २०२० को जनवरी १ देखि सन् २०२१ को मार्च १० भित्र सुरु भएका विजनेशका सन्दर्भमा भने फरक शुत्र अपनाइनेछ । यस्ता विजनेशहरुका सन्दर्भमा सन् २०२० को फेबु्रअरी १५ देखि सन् २०२१ को मार्च ११ सम्म विजनेशले गरेको खर्चमा २०२० को कुल आम्दानी घटाइनेछ । त्यसमा २०२१ को जनवरीदेखि मार्च ११ सम्मको कुल आम्दानीपनि घटाइनेछ । र पीपीपी ऋणबाट पाएको रकम पनि घटाएर बाँकी रकम फण्डका रुपमा उपलब्ध गराइनेछ ।

यसरी प्राप्त गरेको रकम विजनेश पेरोल, विजनेशको मोर्गेज तिर्न, भाडा तिर्न, विजनेशको ऋणको ब्याज तिर्न, युटिलिटी रकम तिर्न, मर्मतका लागि, रेष्टेरेण्टहरुमा आउटडोर बस्ने निर्माण गर्न, संरक्षण उपकरण र सरसफाइका सामान खरिदमा, विजनेशको खाना र पेय पदार्थ खर्चमा र विजनेश संचालनमा खर्च गर्न सकिनेछ ।

आवेदन एसबीएबाहेक स्क्यावर, टोस्ट, क्लोभर, एनसीआर कर्पोरेशनमार्फत पनि दिन सकिनेछ । एसबीएमार्फत आवेदन दिनेले आफ्नो विजनेशको आवेदन अगाडि नै दर्ता गराउनका लागि यहाँ क्लीक गर्नुहोला ।

तर तेश्रो पार्टीबाट आवेदन दिनेहरुले यहाँ दर्ता गराउनु पर्दैन ।

आवेदनको नुमना हेर्न र आवेदनका लागि तयारी गर्न यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com