स्वास्थ्य मन्त्रालयको अपिल : अस्पतालमा शय्या छैनन्, संवेदनशील बनिदिनुस्


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फैलने दर डरलाग्दो रुपमा बढिरहेको र अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था भइसकेको जनाएको छ।

मन्त्रालयले शुक्रबार सर्वसाधारणमा अपिल जारी गर्दै देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिइरहेकाले सबै जना संवेदनशील बनिदिन आग्रह गरेको छ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण डरलाग्दो गरी फैलिइरहेको मन्त्रालयले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने) नै उत्तम उपाय भएको उल्लेख गर्दै मन्त्रालयले कुनै पनि मार्गबाट देशविदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्ण रुपमा नगर्न नगराउन, सार्वजनिक स्थलमा भीडभाड गर्ने काम बन्द गराउन अत्यन्त जरुरी रहेको जनाएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com