न्युयोर्कमा डाक्टर विनोद शाह र स्वास्थ्यकर्मी अमित शाहको पहलमा निशुल्क कोभिड टेस्ट र भ्याक्सिन सपोर्ट


प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार

न्युयोर्कका चर्चित नेपाली डाक्टर विनोद शाह र एवान हेल्थ केयरका सीईओ अमित शाहको पहलमा आजदेखि ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा निशुल्क कोभिड टेस्ट र भ्याक्सिन सपोर्ट सेवा सुरु गरिएको छ । नेपाली समुदायलाई लक्ष्यीत गरेर नेपाली समुदायको सहजताका लागि निशुल्क सेवा सुरुवात गरिएको अमित शाहले जानकारी दिए ।

सुखी न्युयोर्कसँगको सहकार्यमा सुरु गरिएको यो सेवा सातैदिन संचालन हुनेछ । विहान साढे ११ बजेदेखि बेलुका साढे ७ बजेसम्म कोभिड टेस्टका लागि स्वाब संकलन गरिने र यथाशक्य छिटो रिजल्ट प्रदान गरिने शाहले जानकारी दिए । डाक्टर विनोद शाह र अमित शाहको पहलमा ४ जना कर्मचारी राखेर निशुल्क सेवा सुरु गरिएको हो ।

कोरोनाबिरुद्धको भ्याक्सिनको लागि पहल गरिरहेको र छिट्टै भ्याक्सिन लगाउन समेत सुरु गर्ने डाक्टर विनोद शाहले जानकारी दिए । अहिलेका लागि भने कोरोनाबिरुद्धको भ्याक्सिनबारे नेपाली भाषामा उचित परामर्श दिन सुरु गरिएको छ । आवश्यकता अनुशार यो सेवा बर्षभरी नै संचालन गर्ने लक्ष्य रहेको शाहले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीको माताहतमा रहेका प्राइभेट ल्याबहरुसँगको सहकार्यमा पीसीआर टेस्ट सुरु गरिएको छ । अप्वाइन्टमेन्ट आवश्यक नभएकाले र छिटै नतिजा दिइने भएकाले यात्रा गर्न चाहनेहरुले पनि सहज रुपमा पीसीआर टेस्ट गराएर नतिजा लिन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com