जसपाका १२० जनाको मुद्दा फिर्ता (सूचीसहित)


प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार

सरकारले मधेश आन्दोलनका क्रममा मुद्दा लगाइएका १२० जनाको मुद्दा फिर्ता लिएको छ। नेपाल सरकार वादी भइ विभिन्न व्यक्तिमाथि लगाइएका मुद्दा सरकारले फिर्ता लिएको हो।

बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले विभिन्न १५ मुद्दाका १२० जनाविरुद्ध लगाइएको मुद्दा मुद्दा फिर्ता लिइएको जानकारी दिएका छन्।

कानुन र संविधानअनुसार सरकारले फिर्ता लिनसक्ने यस्ताखाले मुद्दा सरकारले समयक्रमसँगै सम्बोधन गर्दै जाने उनले बताए।

जसपाले सरकारी कार्यदलसँगको वार्ताका क्रममा रेशम चौधरीको सहित मधेश आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिनुपर्ने मागलाई प्राथमकिताका साथ राख्दै आएको थियो। सोहीअनुसार सरकारले मुद्दा फिर्ता लिएर जसपाको माग सम्बोधन गरेको हो। योसँगै जसपा सरकारमा सहभागी हुने प्रक्रिया अघि बढेको छ। जसपा नेताहरुले सत्तासमीकरणका लागि उधारोमा सहमति नहुने बताउँदै आएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com