तीव्र हुँदै कोरोना : संक्रमितको संख्या दैनिक ३ हजार नाघ्न थाल्यो, २८ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

नेपालमा कोरोना संक्रमितको संख्या दैनिक ३ हजार नाघ्न थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३१२२ जनामा संक्रमण पुष्टि भएको छ।

९ हजार २ सय ९२ जनाको पिसिआर र ७८६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। पिसिआर विधिबाट ३०३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ९० जनामा संक्रमण देखिएको छ।

योसँगै देशभर सक्रिय संक्रमितहरुको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, २४ घण्टामा २८ जनाको मृत्यु भएको छ।

आइतबार देशभर ६९ जना क्वारेन्टिनमा रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४५० जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ।

त्यस्तै एक हप्तादेखि संस्थागत आईसोलेसनमा १५९४, होम आईसोलेसनमा १७,७८८ जना रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com